
निकोसिया, साइप्रस । साइप्रसमा रहेका नेपाली समुदायबीच आपसी एकता, सद्भाव र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले स्थापना गरिएको ग्लोबल नेपाल साइप्रस (Global Nepal Cyprus) को पहिलो औपचारिक बैठक सम्पन्न भएको छ। २२ नोभेम्बर २०२६ मा राजधानी निकोसियामा सम्पन्न बैठकले संस्थाको नियमावली पारित गर्दै संस्थालाई औपचारिक रूपमा अघि बढाउने निर्णय गरेको हो।
बैठकमा संस्थाको उद्देश्य तथा भावी कार्यदिशाबारे विस्तृत छलफल गरिएको थियो। साइप्रसमा बसोबास गर्ने विभिन्न पेसा तथा क्षेत्रमा कार्यरत नेपाली, विद्यार्थी तथा सम्पूर्ण नेपाली समुदायबीच आपसी एकता, भाइचारा र सद्भाव कायम गर्ने संस्थाको प्रमुख उद्देश्य रहेको जनाइएको छ।
त्यस्तै, नेपाली भाषा, कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्दै सामाजिक, सांस्कृतिक, मनोरञ्जनात्मक तथा खेलकुदसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने र साइप्रसमा समस्यामा परेका नेपालीलाई सक्दो सहयोग गर्ने संस्थाको लक्ष्य रहेको छ।
रौनक शर्माको नेतृत्वमा कार्यसमिति
बैठकले संस्थाको पहिलो कार्यकारी समिति सर्वसम्मत रूपमा गठन गरेको छ। नवगठित समितिको अध्यक्षमा रौनक शर्मा चयन भएका छन्।
संस्थापक संरक्षक: सुरेश कुमार शाह
प्रमुख सल्लाहकार: नितेश कुमार सरदार
सल्लाहकार: प्रकाश बराइली, मनीषा अर्याल, गोविन्द यादव
अध्यक्ष: रौनक शर्मा
वरिष्ठ उपाध्यक्ष: कञ्चन चौधरी
उपाध्यक्ष: सुरेन्द्र कुमार सरदार, कृष्ण मुरारी यादव
महासचिव: सुमन दर्नाल
कोषाध्यक्ष: आकाश चौधरी
सचिव: राजेश कुमार यादव
युवा प्रतिनिधि: जितेन्द्र यादव
महिला प्रतिनिधि: सुजिता भुजेल
प्रवक्ता: शिवन्या गिरी
सूचना तथा सञ्चार विभाग: प्रकाश बराइली
सदस्यहरू: निमेष प्रधान, संजय कुमार शाह, बिना शंकर, राज नारायण शाह, रघुबेन्द्र यादव, मनोज चौधरी, शशी यादव, राम गिरी, बरदान मल्ल, सुस्मिता सापकोटा, निराजन ठाकुर, देबिका शंकर, नितिन मल्ल, इशिका शंकर र सुगम चौधरी।
नवनिर्वाचित कार्यसमितिले विदेशमा रहेर पनि नेपाली भाषा, संस्कृति र पहिचानको संरक्षण गर्दै नेपाली समुदायबीच एकता, सहकार्य र सहयोगको भावना विकास गर्न संस्थाले महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ। ग्लोबल नेपाल साइप्रसले आगामी दिनमा साइप्रसमा रहेका सम्पूर्ण नेपालीलाई एकताबद्ध गर्दै सामाजिक हित, सांस्कृतिक संरक्षण तथा सामुदायिक सहयोगका गतिविधिलाई प्राथमिकताका साथ अघि बढाउने जनाएको छ।


