तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेश

नेपाली फुटबलमा भित्रियो जीपीएस ट्र्याकर प्रविधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र ११, सोमबार ०८:१५

काठमाडौं- नेपाली फुटबलमा जीपीएस ट्र्याकर प्रविधि भित्र्याइएको छ । साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली फुटबल टिममा शुक्रबारदेखि जीपीएस प्रविधिको प्रयोग गरिएको हो ।यो प्रविधिको प्रयोगले खेलाडीको क्षमता थाहा पाउन मदत गर्नेछ । नेपाली फुटबल टिमका कार्यबाहक प्रशिक्षक बालगोपाल महर्जनले भविष्यमा जीपीएस ट्र्याकर निकै उपयोगी हुने बताए ।

प्रशिक्षक महर्जनले भने, ‘अन्य देश र क्लबहरूले प्रयोग गरिसकेका छन् । हामीले पनि २-३ महिना अघिदेखि यसको माग गरिरहेका थियौं । ढिला भएपनि सुरुवात चाहिँ गरेका छौं ।’यसको मदतले खेलाडीहरूले कति खेले, कति विश्राम गरे, कति किलोमिटरसम्म दौडिए, आफ्नो प्रदर्शन कति सुधारे भन्ने थाहा हुनेछ ।कप्तान विराज महर्जनले पनि यो प्रविधि निकै उपलब्धीपूर्ण रहेको बताए । उनले भने, ‘यो प्रविधिले कुन खेलाडी कति फिट छ भन्ने कुरा पनि देखाउँछ ।

अभ्यासको दौरानमा कुन खेलाडीको कस्तो प्रदर्शन भन्ने मापन हुने हुँदा आधुनिक फुटबलमा यो जीपीएस प्रविधि एकदमै प्रयोग भएको छ ।’साफ च्याम्पियनसिप सेप्टेम्बर ४ देखि १५ तारिखसम्म बंगलादेशमा हुँदैछ । समूह ‘ए’ मा नेपालसँगै आयोजक राष्ट्र बंगलादेश, पाकिस्तान र भुटान छन् भने समूह ‘बी’ मा भारत, श्रीलंका र माल्दिभ्स छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु