डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

रुपन्देहीको गैडहवामा बालिका बिमा कार्यक्रम शुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र ११, सोमबार ०८:५२

बुटवल-बालबिवाह अन्त्यको लागि रुपन्देही जिल्लाको गैडहवा गाउँपालिकामा वालिका बिमा अभियान सुरु गरिएको छ।गैंडवहा गाउँपालिका वडा नं. ६ सूर्यपुरा माविबाट बिमा अभियान सुरु गरिएको गाउँपालिकाका अध्यक्ष बच्चुलाल केबटले जानकारी दिएका छन।साउनबाट गैडहवा गाउँपालिकामा जन्महुने हरेक बालिकाको बिमा गाउँपालिकाले गर्ने अध्यक्ष केबटले बताए।

वालविवाह अन्त्य गर्नको लागि गाउँपालिकाले अभियान सञ्चालन गरेको उनले जानकारी दिए।गाउँपालिकाले २० हजार र अभिभावकको ५ हजार गरी २५ हजारको बैंकमा खाता खोलेर मुद्दतीमा जम्मा गरिने र उक्त रकम २० वर्ष भएपछि छोरीको नाममा हुने छ।यो अभियानले गाउँपालिकामा महिला हिंसा कम हुने र वालविवाह नहुने विश्वास ब्यक्त गरे।पहिले भन्दा गाउँमा बालविवाह कम हुने गरेको अध्यक्ष केबटले बताउँदै महिला हिंसाको अन्त्य र बाल विवाह अन्त्यको लागि गाउँपालिका लागि पर्ने उनले बताए।गाउँपालिका वडा नंं. ६ का वडा अध्यक्ष रामविलास यादबले गाउँपालिकाले सुरु गरेको बालिका बिमा अभियानमा सबैको साथ र सहयोग हुनु पर्ने बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु