रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

भक्तपुरमा करेण्ट लागेर एकको मृत्यु,एक जना घाइते

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र ११, सोमबार ०८:५३

भक्तपुर, ११ भदौ –भक्तपुर नगरपालिका–१० कमलविनायकमा करेन्ट लागेर आइतबार साँझ एकको मृत्यु भएको छ ।

घटनामा एक जना घाइते भएका छन् । घाइतेको काठमाडौँ छाउनीस्थित नेपाली सेनाको सैनिक अस्पतालमा उपचार भइरहेको छ । कमलविनायकस्थित पाइपलाइनस्थित नाती प्रजापतिको निर्माणाधीन दुई तल्ले घरको छतमा जस्ता राख्न फलामको पाइप उठाउनेक्रममा पाइपले बिजुलीको तारमा छुन गई करेन्ट लागेर सोही स्थान बस्ने ५७ वर्षीय रुद्र काफ्लेको मृत्यु भएको हो ।

घटनामा घाइते भएका काफ्ले अर्का घाइते ३८ वर्षीय हीराबहादुर खड्कालाई तत्काल उद्धार गरी उपचारका लागि भक्तपुर अस्पताल लगिएकोमा अस्पतालका चिकित्सकले काफ्लेलाई मृत घोषणा गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

अर्का घाइते खड्कालाई भक्तपुर अस्पतालले थप उपचारका लागि सैनिक अस्पताल रिफर गरेको प्रनाउ पोखरेलले बताउनुभयो । घटनाको महानगरीय प्रहरी वृत्त जगातीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु