तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेश

मलको अभाव हुदाँ किसान मर्कामा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र ११, सोमबार ०९:१६

रत्ननगर, ११ भदौ – चितवनमा अनुदानित युरिया मलको अभावले किसान प्रभावित भएका छन् । धानखेतीका लागि अत्यावश्यक हुने अहिलेको मौसममा दुई सातादेखि युरिया मल नपाउँदा किसान मारमा परेका हुन् ।

अनुदानित मल अभाव भएपछि किसानले निजीस्तरबाट आएको मल चर्काे मूल्य तिरेर खरीद गर्न बाध्य भएका छन् । चितवनमा भदौ महिनामा एक हजार ५०० मेट्रिक टन मल खपत हुने कृषि सामग्री कम्पनी लिमिटेड चितवनका प्रमुख रवीन्द्र गौतम बताउनुहुन्छ ।

तर साउनदेखिनै अनुदानित मल अभाव हुँदा किसानले दोब्बर पैसा तिरेर एमोनियम सल्फेट(चिनी मल) खरीद गर्न बाध्य भएका प्रमुख गौतमको भनाइ छ ।

जिल्लामा साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड र कृषि सामग्री कम्पनीले मलको आपूर्ति गर्नेगर्छ । तर दुवै स्थानमा मल सकिएपछि किसान समस्यामा छन् । जसका कारण मलको कालोबजारी हुनसक्ने आशङ्का बढेको छ ।

अनुदानित युरिया मलको मूल्य प्रतिबोरा रु ७६५ छ र तर गैर अनुदानित चिनीमल एक हजार ३०० माथि छ । मल अभाव भएपछि किसानलाई सहजताका लागि प्रतिबोरा रु २५ घटाएर एक हजार ३३५ मा एमोनियम सल्फेट बिक्री गरिरहेको साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड चितवनका प्रमुख वुद्धिविनोद दाहाल बताउनुहुन्छ ।

चितवनमा साउन १५ सम्म मात्रै मल बिक्री भएको र त्यसपछि नआएको दाहाल बताउनुहुन्छ । विगतको स्टक मल सकिएको र नयाँ मल ल्याउने प्रक्रिया चलिरहेकाले यहाँ मल आउन अझै समय लाग्ने उहाँले बताउनुभयो ।

यद्यपि कृषि सामग्री कम्पनी लिमिटेड चितवनका अनुसार मल खरीद प्रक्रिया भएर भारतबाट पठाइ सकिएको र भन्सार आउन बाँकी रहेकाले ३,४ दिनमा नै मल आपूर्ति हुने दाबी गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु