स्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाFlag Hoisting Ceremony on National Day of PakistanNation celebrates Pakistan Day with renewed pledge to work for progress of true Islamic welfare stateसत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल

ठेकदारले राम्रो संग काम नगर्दा बुटवल भैरहवाका आकासे पुल निमार्ण अलपत्र

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र ११, सोमबार ०९:३५

भैरहवा : बेलहिया–बुटवल सडकखण्डमा बन्ने आकासे पुलको निर्माण कार्य अलपत्र परेको छ । आकासे पुल निर्माणको ठेक्का पाएको कम्पनी महादेव खिम्ती एसियाटिक महेस जेभीले काम नगर्दा आकासे पुलको निर्माण कार्य अलपत्र परेको हो ।गृहमन्त्री रामबहादुर थापाले लापरवाहीपूवर्क काम गर्ने ठेकेदारलाई कारवाही गर्ने घोषणा गरेपछि कम्पनीले केही दिन तीव्र गतिमा काम गरेको थियो । त्यै पनि पुल तोकिएको समयमा निर्माण हुन सकेको छैन ।बेलहिया–बुटवल ६ लेन व्यापारी मार्ग विस्तार आयोजनाले १० वटा आकासे पुल निर्माण कार्यका लागि १२ करोड ४८ लाख ५२ हजार २ सय ४८ रुपैयाँ लागत लाग्ने अनुमान गर्दै ठेक्का आह्वान गरेको थियो ।

जसमा निर्माण कम्पनीले सन् २०१७ साल २९ मार्चमा १० वटै आकासे पुल निर्माणका लागि ११ करोड ११ लाख १५ हजार दुई सय २५ रुपैयाँमा आयोजनासगँ सन् २०१८ जुलाई २८ तारिखमा (१५ महिनामा) सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो ।तर ठेकेदार कम्पनीको म्याद समाप्त भइसकेको छ । उसले निर्वाचन, बन्दलगायत कारण देखाउँदै ८ महिना म्याद थपको लागि आयोजनाको कार्यालयमा निवदेन दिएको छ । म्याद समाप्त भइसक्दासमेत आकासे पुलको निर्माणमा अपेक्षाअनुसार प्रगति नभएको बेलहिया–बुटवल ६ लेन व्यापारी मार्ग विस्तार आयोजनाका इन्जिनियर योगन्द्र अधिकारीले बताए ।

ठेकेदारले काममा लापरवाही गरेपछि आयोजनाले पटकपटक चेतावनीपत्र काटेको उनले बताए ।उक्त मार्ग विस्तार आयोजनाका प्रमुख जिवेन्द्र मि श्र आकासे पुल निर्माण कम्पनीको म्याद अवधि समाप्त भएको बताउँदै अबको ६ महिनामा १० वटै आकासे पुलको निर्माण कार्य सम्पन्न हुने दाबी गरे । कम्पनीले म्याद थपको लागि दिएको निवेदनको प्रक्रियामा रहेको बताउँदै उनले थपिएको म्यादभित्र काम सम्पन्न नभए कारवाही गरिने बताए ।‘निर्वाचनका कारण कामदारहरू घर गएपछि काम प्रभावित भएको थियो, जसका कारण ठेकेदारले दिएको निवेदनलाई कारवाही प्रक्रियामा राखेका छौं’, उनले भने, ‘माघसम्म सबै आकासे पुल बन्छ ।’ उनका अनुसार आकासे पुलका वित्तीय प्रगति ३० प्रतिशत र भौतिक प्रगति ३५ प्रतिशत भएको छ ।भैरहवामा ३ वटा र बुटवलमा ७ वटा गरी बेलहिया–बुटवल सडकखण्डमा १० वटा आकासे पुल निर्माण हुनेछ । भैरहवा क्षेत्रको बुद्धचोक र बर्मेली टोलको बीचमा, देवकोटा चोकमा, आँखा अस्पताल र बसपार्कको बीचमा गरी ३ वटा पुल निर्माण हुनेछ ।

त्यस्तै बुटवलको ड्राइभर टोलमा, योगिकुटीमा, ट्राफिक चोक, होराइजन चोक र कालिका विद्यालयको बीचमा, राजमार्ग चौराहामा, मिलन चोकमा, बसपार्क र आन्तरिक राजस्व कार्यालयको बीचमा गरी ७ वटा निर्माण हुनेछ ।आकाशे पुलको उचाइ ५ मिटर, लम्बाइ साढे २ मिटर र चौडाइ ३० मिटरको हुने तथा पुल अपांगतामैत्री पनि हुने आयोजनाको कार्यालयले जनाएको छ ।साथै पुलको दुवैतर्फ सोलार बत्ती पनि जडान हुनेछ छ भने यात्रुहरूका लागि सन्देशमूलक सूचना प्रवाह गर्न डिस्प्ले बोर्डसमेत लगाइने आयोजनाका प्रमुख मि श्रले बताए ।अन्नपुर्ण पोस्ट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु