ललितपुर महानगरपालिकाका वडा सदस्यहरुलाई अपाङ्गता सम्बन्धी जानकारी गराइयोनेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफल

म्यानमारका राष्ट्रपति लुम्बिनीमा : पर्यटन मन्त्री अधिकारी र मुख्यमन्त्री पोख्रेलद्धारा स्वागत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र १३, बुधबार ०९:१०

लुम्बिनी-म्यानमारका राष्ट्रपति लुम्बिनीमा बिमस्टेक सम्मेलनका लागि नेपालमा आएका म्यानमारका राष्ट्रपति विन माइन्ट लुम्बिनी पुगेका छन्। सम्मेलन सुरु हुनु अघि उनी लुम्बिनी भ्रमणमा आएका हुन्। उनको लुम्बिनी भ्रमणलाई निजी भ्रमण बताइएको छ। काठमाडौं बाट चार्टर प्लेनमा ३६ जनाको टोलीसहित भैरहवा विमानस्थलमा पुगेका राष्ट्रपति विमानस्थलबाट हेलिकप्टरमार्फत लुम्बिनी गएका हुन्।

हेलिकप्टरमा उनी सहित १६ जना लुम्बिनी गएका बताइएकाे छ । बाँकी म्यानमारका पाहुना र स्वदेशी सहयोगीसहित २० जना भैरहवा विमानस्थलबाट सवारीसाधनमा लुम्बिनीमा गएका हुन्। राष्ट्रपतिको स्वागतका लागि पर्यटन मन्त्री रविन्द्र अधिकारी र ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल लुम्बिनी पुगेका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु