राष्ट्रपतिको सवारीमा खटिएका प्रहरी परे बाइक दुर्घटनामा, सडकमै बजारिँदा सर्वसाधरणले घेरे (भिडियो)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १३ भाद्र २०७५, बुधबार ०९:३१

काठमाडौं – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) चौथो सम्मेलन बिहीबारबाट काठमाडौंमा सुरु हुँदैछ । यसका लागि बिमस्टेक सदस्य राष्ट्रका प्रमुख तथा सरकार प्रमुख नेपाल आउने क्रम मंगलबारबाट सुर भएको छ । यहीक्रममा मंगलबार बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन म्यानमारका राष्ट्रपति विन मिन्ट काठमाडौं आइपुगेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई सिधै सोल्टी होटेल लगिएको थियो । उनको सवारीमा खटिएका एक प्रहरी मोटरसाइकल दुर्घटनामा परेका छन् ।

विमानस्थलबाट राष्ट्रपति मिन्टको सवारीम खटिएका उक्त प्रहरी कालिमाटीमा पुगेपछि मोटरसाइकल दुर्घटनामा परेका हुन् । भिभिआइपीको स्कर्टिङमा खटिएका प्रहरी दुर्घटनामा परेका छन् । उनी सामान्य घाइते मात्रै भएका थिए । उनी दुर्घटनामा परेपछि हेर्न सर्वसाधरणहरुको भीड लागेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु