महिला चेम्बर ट्रेड फेयरको दोस्रो दिन वित्त साक्षरता र कला प्रदर्शनी समेत हुनेसुदिप्त क्यान्सर सभाईभर मिट—२१’ माझ क्यान्सर विजेता प्रतियोगी सम्मानितहेर्नुस् आज २०७७ फागुन २५ गते, मंगलवारको राशिफलबलपार्क र बासुलिङको पहिलो जितमहिला हस्तकला मेला सम्पन्नकालिका नगरपालिका भित्रका उद्योगीहरुको प्रारम्भिक भेला सम्पन्नउपराष्ट्रपतिबाट महिला चेम्बर ट्रेड फेयर र अन्तर्राष्ट्रिय नारी दिवस बिशेष समारोह उद्घाटनप्लस साईज मोडल नेपालको उपाधी सृष्टि उप्रेतीको हातमापछिल्लो २४ घन्टामा देशभर थप ८९ जना कोरोना भाइरस संक्रमित थपिएमोडल सङ्ग्स अवार्ड' को दोश्रो संस्करण भव्य समारोहका बिच सम्पन्न

भोजपुरमा बलात्कारपछि ११ वर्षीया बालिकाको हत्या

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १३ भाद्र २०७५, बुधबार १०:१७

भोजपुर-११ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ । भोजपुरमा साल्पासिलिछो गाउँपालिका–६ सालेवामा वर्ष ११ की बालिका रचना राईको हत्या भएको हो । गएराती खाना खाएर स्थानीय नातेदार मामा २० वर्षीय सञ्जय राईसँगै मोबाइलमा फिल्म हुेर्छु भन्दै सुतेकी राईको बलात्कारपछि घाँटी थिचेर हत्या भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

आमा धनमनी राई र सौतेनी बाबु राजन राईसँग बस्दै आएका मृतक बालिकाको घरमा सञ्जय राई लामो समयदेखि बस्दै आएका थिए । त्यो दिन पनि चौकीडाँडाको गोथेबजारबाट खच्चडमा किराना पसलका सामान ल्याएर साँझामा बास बस्न आएको थिए । बालिकाको हत्या गरेको आरोपमा सञ्जयलाई गएराति नै प्रहरीले पक्राउ गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु