मसिक किस्ता १२ हजार ९९९ मै डाट्सनका गाडी पाइने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र १३ गते, बुधबार ११:३४

मासिक १२ हजार ९९९ रुपैयाँ किस्ता तिर्नेगरी ग्राहकले डाट्सनका गाडी किन्न पाउने भएका छन्।मेगा बैंक र डाट्सनको आधिकारिक वितरक पायनियर मोटो कर्प बीच ऋण प्रदान गर्ने सम्झौता भएको छ।डाट्सनका अलवा निशान कम्पनीका सबै गाडीमा पनि सरल किस्तामै ऋण उपलब्ध गराइने बैंकले जनाएको छ। यसका लागि ग्राहकहरुले ३५ प्रतिशत मात्रै सुरुमा भुक्तानी गनुपर्ने छ ।

ऋण १० बर्षसम्ममा भुक्तानी गर्नुपर्ने जनाइएको छ ।प्रक्रिया सुरु गरेको २४ घण्टाभित्रै निर्णय र ७ दिनमै कर्जा दिइने बैंकले जनाएको छ । यो सुविधा मेगा बैंकका देशभरका शाखाबाट लिन सकिनेछ|-setopati.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु