तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेश

इटालीमा नेपाली युवकद्वारा झुण्डिएर आत्महत्या

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र १४, बिहीबार ०९:३२

बार्सिलोना -इटालीमा एक नेपालीले झुण्डिएर आत्महत्या गरेका छन् । तानग्राम–२ बागलुङ स्थायी घर भएका ३४ वर्षीय नविन थापाले आत्महत्या गरेका हुन् ।गत अगष्ट १६ तारिख बिहानीपख पार्कमा झुण्डिइरहेको अवस्थामा थापाको शव फेला परेको जानकारी प्राप्त भएको स्वीट्जरल्याण्डस्थित नेपाली दूताबासले जनाएको छ । यो नेपाली दूताबासले इटालीलाई समेत हेर्दै आएको छ ।

दूतावासका द्वीतीय सचिव भुवन पौडेलका अनुसार घटनाबारे परिवारलाई समेत जानकारी भइसकेको छ । पौडेलले भने-‘बेल्जियममा रहँदै आएका मृतकका आफन्त राजु थापाको रोहवरमा इटालीमै शतगतिका लागि परिवारले अनुमति दिएको छ ।’झण्डै १० बर्षदेखि इटालीमा बैधानिक रुपमा बस्दै आएका थापा अविवाहित थिए । इटालीस्थित नेपालीहरुका अनुसार गत बर्ष डिसेम्बरमा डेप्रेसनका कारण केही दिन उनी अस्पतालसमेत भर्ना भएका थिए । त्यसपछि नेपाल फर्केका उनी केही समयको बसाइपछि पुनः इटाली फर्किएका थिए ।

थापाको पोष्टमार्टमको रिपोर्ट प्राप्त भइनसकेको दूतावासले जनाएको छ । उनको तलब, बैंक वा कतै रकम रहेमा सो पत्ता लगाउने पहल भइरहेको दूताबासले जनाएको छ ।गत नोभेम्बरमा पनि म्याग्दी रघुगंगा गाउपालिका पाखापानीका ३६ वर्षीय धनमान पूर्जाले इटालीमा ज्यान गुमाएका थिए । अवैधानिक रुपमा लिबियादेखि सामुन्द्रिक डुंगा चढेर इटाली जाने क्रममा पूर्जाको हृदयाघातबाट निधन भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु