तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेश

‘रोज’ बाट प्रदिपलाई फाईदा या घाटा ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र १४, बिहीबार १०:१९

काठमाडौँ -नायक प्रदिप खड्का अभिनित चलचित्र ‘रोज’ यहि भदौ २२ गतेबाट अलनेपाल रिलिज हुदैछ । स्टाडम भएका कलाकारको चलचित्र रिलिज हुनु भन्दा पहिले जहिले पनि उनिहरुको चलचित्रलाई लिएर टिका-टिप्पणी हुने गर्दछ ।अब चलचित्रले राम्रो बयापार नगरे कलाकारको स्टाडम कम भयो, करियर ओरालो लाग्यो, यस्ता बिभिन्न टिप्पणी कलाकार या स्टार भै सकेपछि खेप्नु पर्ने हुन्छ । यहि कुरा नायक प्रदिप खड्कामा पनि लागु हुन्छ ।उनले ‘प्रेम गीत’ पछी जती पनि चलचित्रमा काम गरे ति सबै चलचित्रले हिटको नाम पाएका छन् यसै कारण ले पनि हुन सक्छ उनलाई लिएर निर्माता निर्देशक चलचित्र बनाउन आतुर देखिन्छन् ।

प्रदिपले लब स्टोरी चलचित्रमा आफ्नो छुट्टै पहिचान बनाएका छन् र सोहि लुकलाई दर्शकले मन पनि पराएका छन् ।तर प्रदिपले आफ्नो जनारा भन्दा फरक जानारामा अहिले चलचित्र गदैछन् किनकी चलचित्र रोजीमा उनलाई नायक नभएर खलनायकको रुपमा देखिने कुरा छ । उनले सबै जसो चलचित्रम नायिकालाई एकदमै माया गरेको नायिकाको लागी मरि मेटेको रुपमा देखिदै आएका थिए तर दर्शकको लागी यसपाली ‘रोज’मा प्रदिपले आफ्नी प्रेमिकालाई मारेको र एन्टीहीरोको भुमिकामा देखदै छन् । अब प्रदिपको यो अबतारलाई दर्शकले कतिको साथ र माया दिन्छनन् त त्यो भने हेर्न बाकि नै छ ।

नेपालमा थ्रिलर जानाराका चलचित्रले त्यति राम्रो ब्यापार गरेको पाईदैन् तर ‘रोज’ चलचित्र हेर्न प्रदिपक्रै कारणले गर्दा भएपनि हलसम्म दर्शकआउनेमा चलचित्र युनिट भन्ने आशावादि छ ।तर यदि हल सम्म दर्शक आएनन् र प्रदिपको नयाँ अबतारलाई दर्शकले मन पराएनन् भने प्रदिपलाई घाटा भने पक्का हुन्छ । एक त यहि भदौ २२ गते चलचित्र ‘रामकाहानी’ पनि रिलिज हुदैछ एक हिसाबले दर्शक पनि बाडिएका छन् अर्को कुरा जति चलचित्र ‘रोज’को पब्लीसिटी हुनु पर्ने हो त्यति पब्लिसिटी भने पक्कै छनै ।एक त चलचित्र पहिलेबाटनै बिबादमा आएको थियो र निर्माण टिमले १ महिना अगाडिमात्र चलचित्रको अफिसियल रिलिज मिती तय गर्यो त्यसले गर्दा पनि दर्शक अलमलमा परेका छन् ।तर यदि दर्शकलाई प्रदिपको नयाँ लुक मन पर्छ र चलचित्रले ब्यापार राम्रो गर्दछ भने प्रदिपको करियलाई सफलता र उनलाई भर्सटायल एक्टरको ट्याग पनि मिल्नेछ जसले गर्दा प्रदिपलाई रोमान्टीक चलचित्रमा मात्र होईन फरक चलचित्र पनि गर्ने सक्ने कलाकारको रुपमा स्थापित गराउने छ । तर जे जस्तो भएता पनि ‘रोज’बाट भने प्रदिपलाई घाटा भन्दा पनि बढि फाईदा नै पुग्ने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु