निर्मलाको बलात्कारमा प्रहरीको भूमिका विवादित भैरहँदा कञ्चनपुरमा अर्की किशोरी बालात्कृत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र १५ गते, शुक्रबार ०९:४६

कञ्चनपुर -कञ्चनपुर भिमदत्तनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछिको हत्यामा प्रहरीको भूमिका शंकास्पद देखिएको प्रमाण मेटाउन भूमिका खेलेको भन्ने विषयको चर्चा सकिन नपाउँदै कञ्चनपुरमै अर्की १६ वर्षीय कोशोरी बलत्कृत भएकी छिन ।

प्रहरीका अनुसार १६ वर्षीया एक किशोरी बिहीबार राति सामूहिक बलात्कारको शिकार भएकी हुन । कञ्चनपुरको बेल्डाँडी गाउँपालिका-१ की १६ वर्षकी किशोरी बलात्कारमा परेकी हुन । घरमा पूजामा सहभाभगी हुन अाएका पाहुनाले बलात्कार गरेको प्रहरीले जनाएको छ ।अहिले घटनास्थलमा कञ्चनपुरका प्रहरी प्रमुख कुवेर कडायत अाफैँ खटिएका छन ।

परिवारले घटनाबारे प्रहरीलाई खबर गरेपछि शुक्रबार बिहान साढे ३ बजेको समयमा प्रहरीले किशोरीको उद्दार गरेको हो। किशोरीले दिएको जानकारी अनुसार दुईको पहिचान भएको र बाँकी दुईजनाको पहिचान हुन बाँकी रहेको रहेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु