दोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेशएलडीबीए बास्केटबल भोलिदेखिसातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

विम्स्टेक राष्ट्रहरुले प्रभावकारी भूमिका खेल्न सकेनन् : डा. महत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र १६, शनिबार ०८:०८

‘सरकारले नेपालको सुरक्षा व्यवस्थाबारे पाहुनालाई विश्वस्त बनाउन सकेन’

काठमाडौं, १६ भदौ । पूर्व परराष्ट्रमन्त्री एवम् नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले विम्स्टेक राष्ट्रहरुले प्रभावकारी भूमिका खेल्न नसकेको बताएका छन् । काठमाडौंमा सम्पन्न भएको चौथो शिखर सम्मेलनका बेला चर्चा परिचर्चा धेरै भएपनि यसबाट नेपालले फाईदा लिन नसकेको उनको आरोप छ ।

विम्स्टेकमा रहेका अरु राष्ट्रले पनि यसबाट कसरी फाईदा लिने भन्ने विषयमा धेरै चासो नदिएका कारण यसको प्रभावकारिता बढ्न नसकेको उनले बताए ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा. महतले व्यापार, लगानी, पर्यटन र पारवहनको क्षेत्रमा विम्स्टेक राष्ट्रहरुले समन्वय गर्नुपर्नेमा जोड दिए ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले नेपालले विम्स्टेक राष्ट्रहरुसँग सहकार्य गरेर व्यापार घाटा कम गर्न सक्नुपर्नेमा जोड दिए । ग्रिड कनेक्टिभिटीमा सम्झौता भएपनि यसको कार्यान्वयन पक्ष स्पष्ट नभएको उनले गुनासो गरे ।

ग्रिड कनेक्टिभिटी सम्झौता कार्यान्वनय हुने हो भने नेपालमा विद्युत उत्पादन गरेर अरु देशमा बेच्न सकिने भएकाले यसका लागि नेपाललेनै प्रभावकारी भूमिका खेल्नुपर्ने महतले बताए ।

विम्स्टेक राष्ट्रबीच रेलवे र सडकमार्ग विस्तार गर्न सक्ने हो भने नेपालको पर्यटन क्षेत्रको विकास सहज हुने महतको भनाई छ ।

“म्यानमार–थाइल्याण्ड जोड्ने रेलवे र सडकमार्ग बन्ने हो भने बौद्ध धर्मावलम्वीहरुलाई लुम्बिनी ल्याउन सकिन्छ । पर्यटनसँग सम्बन्धित अरु धेरै कार्यक्रम गर्न सकिन्छ ।”–उनले भने ।

नेपालमा रेल ल्याउने योजना राम्रो भएपनि यसका लागि नेपालसँग पुँजी नभएको भन्दै भारत वा चीन जहाँबाट रेलमार्ग बनाएपनि त्यही देशले बनाइदिनुपर्ने उनको भनाई छ ।

अहिलेको सरकारले स्पष्ट परराष्ट्र नीति बनाउन नसकेको महतको आरोप छ । “सत्तारुढ दल नेकपा सरकारबाहिर हुँदा एकथरी र सरकारमा हुँदा अर्कोथरी कुरा गर्छ । यसरी परराष्ट्र नीति राम्रो हुँदैन ।”–महतले भने ।

विम्स्टेकमा आएका केही पाहुनाहरुले आफ्नै देशका सुरक्षाकर्मी ल्याउनु दुःखद् भएको भन्दै उनले नेपाल सरकारले नेपालको सुरक्षा व्यवस्थाबारे पाहुनालाई विश्वस्त बनाउन नसकेको बताए ।

नेपालको सुरक्षा व्यवस्था सक्षम भएपनि सरकारले अन्तर्राष्ट्रिय रुपमा विश्वास दिलाउन नसकेको उनको जिकिर छ ।

फरक प्रसंगमा उनले कांग्रेसमा पार्टी सभापतिलाई दिने अधिकारको विषयमा बहस भएको बताए । केन्द्रिय समिति र महासमिति बैठकमा सभापतिको क्षेत्राधिकारको विषयमा वृहत्त छलफल गरिने महतले बताए ।

पार्टीभित्रको गुट उपगुटलाई कार्यकर्ताले स्विकार गर्न नसक्ने भन्दै उनले यस विषयमा नेताहरु सचेत हुनुपर्ने बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु