भू-उपग्रह प्रविधिको प्रयोगमार्फत नेपालको कृषि क्षेत्रको पहिचान गर्न सम्झौतागरिमा र रञ्जनको रोमान्सले भरिएको 'के गरौं भन तिम्रो हुनलाई' सार्वजनिक ( भिडियो )कफी क्लब च्यारिटी फुटसल शनिबारUnmissable' Pre-Budget Offer in Deepal EVs with Unmatched Style, Unrivalled Featuresव्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिमउत्पादन बढाउन आधुनिक खोर निर्माणमा जोड दिँदै वालिङ ।कहिँ कतै हराएँ भने भेट्न आउनु सपनीमा आभास हुन्छ घरि घरि, छौँ एकै सिरानीमाकाठमाडौँ जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नतेक्वान्दो टोली जापान जाँदैसमृद्ध मुलुक निर्माणमा इन्जिनीयरको महत्वपूर्ण भूमिका : उर्जामन्त्री खड्का

डा. सिटौलाको देश र परिवेशको लोकार्पण ।

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र १६ गते, शनिबार १३:१५

भाद्र १६, काठमाडौं । प्राध्यापक डा. सुरेन्द्र सिटौलाको पहिलो एकल कविता संग्रह देश र परिवेशको आज एक कार्यक्रमबीच नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेती र प्राध्यापक डा. सुरेन्द्र सिटौलाकी आमा मनमाँया सिटौलाले राजधानीको सुकेधारामा रहेको बागमती बोडिड. स्कुलमा आयोजित एक कार्यक्रममा विमोचन गर्नु भयो ।


सो लोकार्पण कार्यक्रममा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतीले डा. सिटौलाको नेपालको शिक्षा क्षेत्रमा ठुलो योगदान रहेको बताउँदै एउटा नँया पहिचान सहित आजदेखि नेपालको साहित्यको वाड.मय क्षेत्रमा सिटौलाको देश र परिवेश मार्फत एउटा नँया कृति थपिएको बताउनु भयो ।
सो लोकार्पण समारोहमा नाटककार अशेष मल्ल, डा. बद्रि बिशाल भटटराई र काठमाडौं महानगरपालिकाका ४ नं वडाका वडाध्यक्ष मोहन बिष्टले डा. सिटौलाको कविता संग्रहबारे विवेचना गर्दै शुभकामना दिएका थिए ।


कार्यक्रममा स्कुलका विद्यार्थीहरुले संगीतकार आनन्द राईको संयोजनमा संस्कृत मन्त्रद्धारा अतिथी तथा आमन्त्रित महानुभावहरुलाई स्वागत गरेका थिए ।
विशेषगरी राष्ट्रिय भावनाले े भरिएको यस कविता संग्रहमा सिटौलाका “ देश, मेरो देश, देश पुन जन्मिन खोज्दैछ, नेता र किसान, हारेको शहीद र म, मान्छे, पृथ्वीनारायण उतै कतै फर्किसके , म एउटी आमा खोज्दैछु , नेताको धर्म, म नँया नेपाली भएछु,, मेरो देशले मान्छे चिन्न छाडेको छ, मेरो छोराले भिसा पाएछ आदि कविता संग्रह रहेका छन ।
बागमती बोडिड.ग स्कुलले सुकेधारा ले प्रकाशन गरेको सो कविता संग्रहमा १ सय ५६ पृष्ठ रहेको छ भने यसमो मूल्य रु २ सय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु