डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

पूर्वसांसद नारायणबहादुर कार्कीलाई आर्थिक सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र १७, आईतवार ०९:३५

उदयपुर, १७ भदौ – गत आम निर्वाचनमा उदयपुर जिल्लाको उदयपुरगढी दनुवारबेँशीमा एम्बुसमा परेर खुट्टा गुमाएका उदयपुरका पूर्वसांसद नारायणबहादुर कार्की र विद्यार्थी नेत्री मीरा कटुवाललाई त्रियुगा नगरपालिका गाईघाटले आर्थिक सहयोग गरेको छ ।

नगरपालिकाका अनुसार पूर्वसांसद कार्कीलाई रु चार लाख र विद्यार्थी नेत्री कटुवाललाई रु एक लाख आर्थिक सहयोग गरिएको हो । त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले जिल्लाका पूर्व सांसद कार्की र नेविसङ्घकी विद्यार्थी नेत्री मीरा कटुवाल निर्वाचनको समयमा एम्बुसमा परी दुवैले खुट्टा गुमाउनुपरेको कारण उहाँलाई नगरपालिकाले आर्थिक सहयोग गरेको बताउनुभयो ।

कार्की र कटुवाल निर्वाचनको कार्यक्रममा कटारीबाट जिल्लाको पञ्चावती आउने क्रममा दनुवारबेँशी भन्ने स्थानमा एम्बुसमा पर्दा सख्त घाइते हुनु भएको थियो ।

राजधानी काठमाडाँैको शिक्षण अस्पतालमा उपचारका क्रममा कार्की र कट्ुवालको एक–एक खुट्टा काट्नु परेको थियो । पूर्वसांसद कार्कीलाई कटारी नगरपालिकाले पनि यसअघि नै रु तीन लाख आर्थिक सहयोग गरिसकेको छ भने कटुवाललाई पनि रु एक लाख सहयोग गरेको कटारी नगरपालिकाले जनाएको छ ।

महासङ्घद्धारा तीज आयोजना

घरेलु तथा साना उद्योग महासङ्घ उदयपुर र सङ्घमा आवद्ध महिला उद्यमीको आयोजनामा शनिबार उदयपुर जिल्लाको गाईघाटस्थित ढिम्कीको पिकनिक स्पोर्टस्मा महिलाको चाड हरितालिका तीज पर्वको अवसरमा दर खाने कार्यक्रमको आयोजना गरिएको छ ।

महिलाको चाड तीजको संरक्षण गर्न र यसलाई मितव्ययी ढङ्गले आफ्नै संस्कृतिक संस्कारबाट मनाएर जीवित राख्न तीज पर्वको आयोजना गरिएको आयोजकका एक सदस्य तथा महिला उद्यमी सिर्जना पौडेलले बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु