रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

जलेश्वर–बर्दिबास सडकखण्ड चार दिनपछि सञ्चालनमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र १७, आईतवार ०९:४२

गौशाला, १७ भदौ –जलेश्वर–बर्दिबास सडकखण्ड चार दिनपछि सञ्चालनमा आएको छ ।

आठ महिने शिशुको अपहरणपछि हत्या गरिएको भन्दै विरोधस्वरुप यहाँ यातायात सेवा बन्द गरिएको थियो । स्थानीय प्रशासनले शिशुको अपहरण र हत्यामा संलग्न व्यक्तिलाई पक्राऊ गर्ने प्रतिबद्धता जनाएपछि यातायात सञ्चालनमा आएको हो । शनिबार प्रदेश नं २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, जिल्ला समन्वय समितिका प्रमुख सुरेश सिंह, नेपाली काँग्रेसका जिल्ला सभापति महेन्द्रकुमार रायसहितको उपस्थितिमा स्थानीय प्रशासन र प्रहरीले भदौ २० गतेसमम अभियुक्तलाई पक्राऊ गरी कारबाही गर्ने प्रतिबद्धता जाहेर गरेको थियो ।

सहमतिपछि आज बिहानैदेखि जलेश्वर–बर्दिबास सडकखण्डमा सवारीसाधन चल्न थालेका छन् । औरही नगरपालिका–१ का सन्तोष चौधरीकी आठ महिनाकी छोरी सोनाली गत आइतबार अपहरणमा परेकी थिइन । उनको शव सोमबार भंगहा– ६ स्थित जङ्गलमा फेला परेको थियो । उक्त घटनाको विरोधमा स्थानीयवासीले यातायात सेवा तथा बजार बन्द गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु