स्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाFlag Hoisting Ceremony on National Day of PakistanNation celebrates Pakistan Day with renewed pledge to work for progress of true Islamic welfare stateसत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल

चिकित्सकहरुले हामीसँग छलफलनै गरेनन्, वार्ताको लागि सहजीकरण गर्छौं : स्वास्थ्यराज्यमन्त्री डा. यादव

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र १७, आईतवार १०:४५

‘चिकित्सकहरुले अहिले आन्दोलन गर्नुपर्ने अवस्था थिएन’
काठमाडौं, १७ भदौ । स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आफूहरुसँग कुनै छलफलनै नगरी आन्दोलनमा उत्रिएकोमा दुःखेसो पोखेका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री यादवले भने,‘चिकित्सकहरुको माग भनेको त स्वास्थ्य मन्त्रालयसँग प्रत्यक्ष असर पर्ने कुरा हो, उहाँहरुले हामीसँग छलफल गर्नुपर्ने थियो । तर, त्यसो गर्नुभएन् । हामीले नेपाल चिकित्सक संघका अध्यक्षलाई वार्ता तथा छलफलको लागि पनि आह्वान गरेका थियौं । तर, उहाँ छलफलमा आउनुभएन् ।’


क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले आजबाट आन्दोलनमा उत्रिएका चिकित्सकहरुलाई तत्काल आन्दोलन फिर्ता गरी वार्ता तथा छलफलमा आउन आग्रहसमेत गरे । उनले भने,‘चिकित्सकहरुले आन्दोलन फिर्ता लिनुपर्छ । हामी उहाँहरुसँग वार्ता तथा छलफलको लागि सहजीकरण गर्न तयार छौं ।’

चिकित्सकहरुले अघि सारेका मागबमोजिम कानुनमा त्रुटि भए त्यसलाई सच्याउनपनि वर्तमान सरकार तयार रहेको मन्त्री यादवको भनाई छ ।
उनले भने,‘उहाँहरुले अहिले आन्दोलन नै गर्नुपर्ने अवस्था थिएन । मन्त्रालयले अहिले जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न विद्येयक बनाएको छ । यदि उहाँहरुले यो विद्येयक हेरेको भए आन्दोलनमा जानु हुनेथिएन्। विद्येयकमा प्रस्टसँग कसुर र सजायको बारेमा लेखिएको । विद्येयकको ४७ नम्बरमा कसुरको बारेमा लेखिएको छ भने ४८ मा सजाय के हुने भन्नेबारे स्पष्ट लेखिएको छ ।’ उक्त विद्येयक संसद पेश गरिसकेको पनि उनले जनाए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु