एनआरएनए अध्यक्ष आरके शर्मा र महासचिव बुद्दी सुवेदीद्वारा परराष्ट्रमन्त्रीलाई ५ बुँदे ज्ञापनपत्ररेडियन्ट सेमिफाइनलमाएन्जल्स हार्ट बास्केटबलको फाइनलमासानलाई अझ मजबुत बनाउन आवश्यक– सदस्य–सचिवनेप्सेम्याक सन्देश सार्वजानिकीकरण तथा कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न"रोटरी क्लब अफ कपनको डिजी भिजिट कार्यक्रम सम्पन्न"आज मंसिर २१ गते बिहीबार हेर्नुस् राशिफलनेत्रहिन क्रिकेट प्रतियोगिताको उपाधि वाग्मति काठमाडौलाईअपाङ्गता भएका महिलाहरू विरुद्धको हिंसा, नीतिगत सवाल र न्यायमा पहुँच विषयमा कार्यशाला गोष्ठीको आयोजनाब्लड क्यान्सबाट पीडित बालकको उपचारमा सहयोगको अपिल

राँके बजारमा आगलागी हुदाँ दुई करोड बराबरको क्षति

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र १८ गते, सोमबार १०:४७

इलाम, १८ भदौ – इलाम र झापाको सीमावर्ती क्षेत्र राँके बजारमा गएराति आगलागी हुँदा करीब रु दुई करोड मूल्य बराबरको क्षति भएको छ ।

देउमाई नगरपालिका–१ का स्थानीय ठालुराम श्रेष्ठको घरमा भएको आगलागीमा तीन वटा सटर (पसल) साथै घर जल्दा सो मूल्य बराबरको क्षति भएको हो । विद्युत चुहिएर आगो लागेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

बेलुका करीब ८ बजे शुरु भएको आगलागी ११ बजे राती पाँचथरको फिदिम नगरपालिकाबाट आएको दमकलले नियन्त्रणमा लिएको थियो । दमकलसहित स्थानीय बासिन्दा र सुरक्षाकर्मी समेतको प्रयासमा आगलागी नियन्त्रणमा लिइएको थियो ।
आगलागीबाट राँके बजार व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका श्रीबहादुर विष्टको जुत्ता, चप्पल र फेन्सी पसल साथै तीलविक्रम बस्नेतको खाद्यान्न एवं किराना पसल जलेर पूर्णरुपमा नष्ट भएको बताइएको छ ।

आगलागीमा दुई वटा एलपी ग्यास पड्किएको स्थानीय बासिन्दाले जानकारी दिए । पानी परेकाले पनि आगलागी नियन्त्रणमा सहज भएको स्थानीय बासिन्दाको भनाइ छ । राति भएको आगलागीबाट क्षतिको यकिन विवरण भने आइनसकेको बताइएको छ ।
मेची राजमार्गसँगै जोडिएको राँके बजारमा करीब दुई वर्ष अगाडि पनि आगलागी हुँदा केही घर जलर नष्ट भएका थिए ।

श्राेत: Nrnpost.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु