मधेशी एकता समाजको विशेष अधिवेशन सम्पन्न, डा. यादवको नेतृत्वमा नयाँ अन्तर्राष्ट्रिय समिति गठनउपाध्यक्ष आचार्यद्वारा पदवहालीनेरिक क्वाटरफाइनलमाआज माघी र माघे सङ्क्रान्तिप्रथम खुला महिला फुटसल च्याम्पियनसिप–२०८१ सफलता पूर्वक सम्पन्नस्याडजाको चापाकोटमा मनाइयो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसश्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आजबाटआज देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुनेनुवाकोटमा रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको १८१औं रक्तदानचलचित्र ‘वसन्त’ को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक

विमस्टेक राष्ट्रहरुको संयुक्त सैन्य अभ्यासमा आशंका छ, प्रधानमन्त्रीसँग जवाफ माग्छौँ : डा. रिजाल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र १९ गते, मंगलवार १२:५६

भदौ १९, काठमाण्डौ । कांग्रेस नेता मिनेन्द्र रिजाले सैन्य अभ्यास गर्ने विषय गम्भीर भएकाले किन गर्न लागियो भन्ने कारण माग गरिने बताएका हुन् ।

साक्षात्कार कार्यक्रममा नेता रिजालले सैन्य अभ्यासबारे संसदमा प्रधानमन्त्रीसँग जवाफ मागिने र त्यसपछि बल्ल धारणा बनाउने बताए ।

आर्थिक र प्राविधक सहयोगका लागि गठन भएको विमस्टेक राष्ट्रहरुले किन सैन्य अभ्यास गर्नुपर्यो भनेर रिजालले प्रश्नसमेत गरे । सैन्य अभ्यासका कारण देशभक्तिमाथि आघात पुग्यो भने आफूहरुले स्विकार गर्न नसकिने चेतावनी रिजालले दिएका छन् ।

भदौ २५ देखि ३१ गतेसम्म भारतको पुणेमा विमस्टेक राष्ट्रहरुले सैन्य अभ्यास गर्दैछन् । सैन्य अभ्यास कार्यक्रमा नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, म्यान्मार र थाइल्याण्डका ३०र३० सैन्य अधिकारीले सहभागिता जनाउनेछन् ।

सरकार असफलताको बाटोमा हिँडेको छ।साक्षात्कारमा नेता रिजालले अहिलेको सरकार असफलताको बाटोमा हिँडिरहेको जिकिरसमेत गरेका छन् । “सरकार सफल हुने बाटोमा छैन । चुनौतिका साथ भन्छु, अहिलेसम्म यो सरकारले के चाँही राम्रो काम गरेको छ, देखाओस् ।” रिजालले भने ।

दुई तिहाईको सरकारलाई काम गर्नका लागि अनुकूल वातावरण भएपनि त्यसको सदुपयोग गर्न नसकेको रिजालको तर्क थियो । विकास निर्माण र समृद्धिको क्षेत्रमा सरकारले एउटा पनि राम्रो काम गर्न नसकेको रिजालको दावी छ ।

सरकारले अदालत, संवैधानिक निकाय, प्रेस, चिकित्सा क्षेत्र लगायतमा अंकूश लगाउन खोजेको रिजालको तर्क छ ।

संसदमा कांग्रेसको भूमिका प्रभावकारी नै छ

रिजालले पछिल्लो समय कांग्रेसले आफ्नो भूमिका प्रभावकारी रुपमा निर्वाह गरेको दावीसमेत गरे । “संसदमा १ चौथाई पनि संख्या नभएको कांग्रेसले जति भूमिका खेल्नुपथ्र्यो त्योभन्दा बढि खेलेको छ । तर सरकार गम्भीर बन्न सकेको छैन ।” उनले भने ।

सरकारले विकास र समृद्धिको बाटा समातेको खण्डमा कांग्रेसले सहयोग गर्ने रिजालको भनाई थियो ।

सरकारले बलात्कारीलाई संरक्षण दिन खोज्यो

नेता रिजालले पछिल्लो समय देशमा भइरहेका महिला हिंसा र बलात्कारको घटनाप्रति सरकार गम्भीर नभएको अरोप लगाए । उनले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई सरकारले लामो समयसम्म पक्राउ नगरेर संरक्षण दिएको जिकिर गरे ।

“कञ्चनपुर घटनामा सरकारको भूमिका कहालीलाग्दो छ । समाजलाई सुरक्षित बनाउने कामभन्दा पनि बलात्कारीलाई संरक्षण गर्नेतिर सरकार केन्द्रित भएको छ । दोषी लुकाउने प्रयास नगरियोस् ।” रिजालले भने ।

बलात्कारका घटनामा संलग्न दोषीलाई कडाभन्दा कडा सजायँ दिलाउन उनले सरकारको ध्यानाकर्षणसमेत गराए ।

ऐनमा भएका गल्ती सच्याउनुपर्छ

नेता रिजालले मुलुकी ऐनमा भएका केही विषयलाई संशोधन गर्न सकिने बताएका छन् । गल्ती सच्याउनुपर्ने भन्दै उनले यसका लागि सरकार तयार हुनुपर्ने बताए । संविधानसँग बाझिएका कुरा अदालतले स्वतः खारेज गर्ने भएकाले बेलैमा संशोधन गरेर संविधानसँग नबाझिने गरी ऐन कार्यान्वयन सहज बनाउनुपर्ने उनको सुझाब छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु