रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

शिवप्रसाद देवकोटाको रमाइलो तीज गीत ‘तीजको बरिलै…’ (भिडियोसहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र १९, मंगलवार १३:०४

काठमाडौँ, १४ भदौ। गायक तथा संगीतकार शिवप्रसाद देवकोटाले निक्कै रमाइलो तीजगीत सार्वजनिक गरेका छन् । ‘तीजको बरिलै…’ बोलको गीत बुधबार मात्रै युट्युवमार्फत सार्वजनिक गरेका हुन् ।

यो रमाइलो तीजगीतमा शिवप्रसाद देवकोटालाई स्वरमा प्रेमा रानाले साथ दिएकी छिन् । यो गीतको शब्द, संगीत गायक देवकोटाकै रहेको छ ।

यो गीतको म्यूजिक भिडियो पनि तयार भइसकेको छ । म्यूजिक भिडियोको निर्देशन आशिक राईले गरेका छन् भने गीतमा कमल सिंह र सुनिता घिमिरेले नृत्य गरेका छन् ।

युट्युवमा सार्वजनिक भएको २४ घण्टा नबित्दै २५ हजार भन्दा बढीले यो गीतलाई हेरिसकेका छन् । छोटो समयमा गीतले लोकप्रियता कमाउँदै गएपछि गायक देवकोटा निक्कै उत्साहित बनेका छन् ।

देवकोटा निक्कै रमाइला गीत निकाल्न माहिर छन् । उनका यसअघिका ‘रातीको १२ बजे…’, ‘न खुसी हुन सक्यौ…’, ‘आमै पकाइदेउन…’ जस्ता गीतहरुले निक्कै चर्चा कमाइसकेका छन् । गायक देवकोटा तिम्ल्याहा डाक्टर छोराका बाबुको रुपमा पनि सर्वत्र परिचित छन् ।
हेर्नुहोस् उनको यो रमाइलो तीजगीतः

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु