रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई दाजुभाईको मृत्यु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र २०, बुधबार १०:२८

पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको धारापानीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना १ प ६१८९ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको स ५ प ९०४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उदयपुरको त्रियुगा नगरपालिका ४ बस्ने २५ वर्षीय विकास राई र २३ वर्षीय सचिन्द्र राईको मृत्यु भएको हो ।

उनीहरू दुबैजनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय धारापनीले जनाएको छ । मृतक दुई दाजुभाइ हुन् । शवलाई पोस्टमार्मको लागि जनकपुर अचल अस्पतालमा पठाइएको छ ।

यसै बिच वीरगंज महानगरपालिका वडा नम्बर २४ मा रहेको पोखरी मा डुबेर दुई बालकको मृत्यु भएको छ । बिहानै स्थानीयले दउनीहरुको शव देखि प्रहरी लाई खबर गरेका थिए । मृत्यु हुनेमा १४बर्षिय नितेस पटेल र१० बर्षिय पती पटेल रहका छन् । शव पोस्ट मार्टमको लागि नारायणी उपक्षेत्रीय अस्पतालमा लगिएको जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु