काठमाडौँ जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नतेक्वान्दो टोली जापान जाँदैसमृद्ध मुलुक निर्माणमा इन्जिनीयरको महत्वपूर्ण भूमिका : उर्जामन्त्री खड्कानेपाली जनसम्पर्क समितिको पाँचौं अधिवेशन सफलतापूर्वक सम्पन्न पारस मणि मिश्र अध्यक्षमा निर्वाचित, राजदूतावास स्थापनामा पहल गर्ने निर्णयदक्षिण एसियाली युथ टेबलटेनिस बिहीबारदेखिजुडो टोली थाइल्यान्ड प्रस्थानसर्टफिल्म ‘पाउलो’ चीनको स्मलरीग अवार्डको नोमिनेशनमाआमाको मुख हेर्ने दिनलाई लक्षित गर्दै नेपाल हाउस बेकरीबाट विशेष केक अफरआयोजक एकेडेमी ६ स्वर्णसहित अगाडिएनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति

भागबन्डामा व्हिलचियर क्रीकेट एसोसियसन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र २१ गते, बिहीबार १२:१३
 २१ भदौ। एक समय नेपालका व्हीलचेयर क्रिकेटले अन्तरराष्ट्रिय रूपमा नै ख्याति पाएको थियो । तर, अब यो इतिहास मात्रै हुने भएको छ । व्हीलचेयर क्रिकेट एसाेसियनमा अध्यक्ष छुल्ठिम शेर्पाले कब्जा जमाइ टिमका क्याप्टेन  हिमाल अर्यालसहित केही खेलाडीलाई एसोसिसनमा सम्बद्ध नभएको सूचना फेसबुकमा जारी गरेपछि विवाद बाहिर आएको हो ।
हिमाल अर्यालको कप्तानीमा रहेको व्हीलचेयर क्रिकेट टाेलीमा डिकाम सेन चेङजोम, भरत कार्की, राजु कटुवाल, डम्बर मगर, दानबहादुर थिङ, फनीनारायण पौडेल, विष्णु अधिकारी, जंगबहादुर रुचालमगर, विपिन पौडेल, यमबहादुर श्रेष्ठ, नवीन राई, रामबहादुर तामाङ र राजु गुरुङलयातका खेलाडीहरू रहेका थिए । यीमध्ये अधिकांश खेलाडीहरू व्हीलचेयर बास्केट बल टिममा समेत सहभागी छन् ।
विवाद के हो?
यो विवाद त्यतिखेर सुरू भयो, जब नेपालले अन्तरराष्ट्रिय खेल जितेपछि सरकारले दिएको १ लाख रूपैयाँको नगदपुरस्कार प्रचलित खेलकूद मापदण्डविपरीत एम्पायर रवीन्द्र गुप्तालाई समेत दिलाइयो । गुप्ताले टिम म्यानेजरका रूपमा सरकारले दिएको पुरस्कार थापेका थिए, जबकी टिम म्यानेजरमा सुमीत श्रेष्ठका नाम थियो । अन्तरराष्ट्रिय खेलकूद मान्यताअनुसार एम्पायरलाई खेलकूद टिमका सदस्य वा म्यानेजर मानिदैन ।
नेपाल सरकारले प्रतिखेलाडी १ लाख रूपैयाँ पुरस्कार दिएपछि अध्यक्ष शेर्पाले सबैसँग प्रतिखेलाडी २५ हजार रूपैयाँ मागेको खेलाडीहरू बताउँछन् ।
“हाम्रै संस्था हो, संस्था चलाउनका लागि हामी ५-१० हजार रूपैयाँ दिन तयार थियाैं, तर छुल्ठिमजीले एकै पटक २५ हजार माग्नु भयाे र अन्य कुनै पनि टुर्नामेन्ट खेल्दा जितेको नगद पुरस्कारमा ५० प्रतिशत एसोसियनलाई दिनुपर्ने नियम लगाउनु भएको छ,” टिम कप्तान हिमाल अर्यालले भने ।
टिप क्याप्टेनका रूपमा अर्याल अगाडि आए पनि प्रायः सबै खेलाडी नगद कटाैती गर्ने अध्यक्ष शेर्पाका एकल निर्णयबाट असन्तुष्ट छन्।
यसबाहेक, मदन भण्डारी सपोर्टस एकेडेमीले व्हीलचेयर क्रिकेट एसोसियनलाइ दिएको ५० हजार रूपैयाँबाट आफूहरूले केही नपाएको गुनासो खेलाडीहरूको छ ।
यही विवाद चर्किँदै गएपछि एसोसियन शेर्पाले विवाद गर्नेजति खेलाडीबिना आफैले संस्था एक्ल्याएको आरोप उनीहरूको छ।
टिममा सहभागीमध्ये केही खेलाडीले नाम र उमेरका विवादका कारण अझै पुरस्कारको रकम पाउन सकेका छैनन ।
खेलाडीहरूलाई पर्याप्त सुविधा नदिएको, भारत र बंगालादेशका प्रतियोगितामा जाँदा खानासमेत नखुवाएको, पुरस्कार पैसामा समेत भाग बण्डा खोज्न थालेको विवादमा खेलाडीहरूले असन्तुष्टि जनाएपछि व्हीलचेयर क्रिकेट एसोसियनको विवाद चर्किँदै गएको हो ।
खेलाडीहरूलाई नै बाइपास गरेर व्हीलचेयर क्रिकेट एसोसियसन नै एक्लाैटी बनाइएपछि नेपालले एसियाकपमा जाने अवसर गुमाएको छ ।
संस्था र खेल व्यवस्थापन गर्न व्यक्तिगत रूपमा ठूलो रकम खर्च गरेको भन्दै अध्यक्ष शेर्पाले अब संस्था चलाउनका लागि भए पनि रकम लिनुपर्ने भन्ने कुरा चर्चामा आएका छन   ।
-नरेन्द्र तामाङ थिङ्ग

श्राेतः sarokaar.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु