चैत १९,आइतबार :तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफलरास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदै

समाचार लेखेकै भरमा एक जना पत्रकार जेल जानुपर्ने अवस्था आए, हामी देशभरिका पत्रकार जेल जान तयार छौं : धमला

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र २१, बिहीबार १२:४१

काठमाडौं, २१ भदौ । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै  रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले पत्रकारहरुलाई समाचार लेखेकै भरमा हिरासतमा राख्ने प्रावधान नयाँ संहितामा व्यवस्था गरिएकोले यसलाई अविलम्ब संशोधन गर्नुपर्ने माग गरे ।

उनले भने,‘मुलुकको हरेक आन्दोलनमा पत्रकारहरुको ठूलो हात छ । पत्रकार र कानून व्यवासायीहरु सडकमा नआएको भए मुलुकमा अहिले यतिकै संघीय लोकतान्त्रिक गणतन्त्र आउने थिएन । परिवर्तन ल्याउनको लागि पत्रकारहरुको ठूलो हात छ । त्यसैले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने प्रावधानहरु हामीलाई स्विकार्य छैन । रिपोर्टर्स क्लब पत्रकार महासंघले उठाएको मागमा एक्येबद्धता जनाउँछ ।’


उनले भने,‘समाचार लेखेकै भरमा एकजना पत्रकारपनि जेल जानुपर्ने अवस्था आयो भने देशभरिका सबै पत्रकारहरु एकसाथ जेल जान तयार छौं ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु