तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेश

भुटानविरुद्ध नेपालकाे ४-० को फराकिलाे जित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र २१, बिहीबार १२:५६

२१ भदौ, बंगलादेश । साफ च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपालले भुटानविरुद्ध ४-० को जित हात पारेकाे छ ।

खेलको २१ औं मिनेटमा नै अनन्त तामाङको गोलबाट अग्रता लिएको नेपालका लागि ७० औं मिनेटमा सुनिल बलले दोस्रो गोल गरे ।

भुटानी खेलाडी निमा वाङ्दीले निराजन खड्कालाई डी एरियामा फल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । त्यससँगै वाङ्दीले दोहोरो पहेंलो कार्ड पाएपछि भुटान १० खेलाडीमा सीमित भएको छ । विमल घर्तीमगरले पेनाल्टी सदुपयोग गर्न नसके पनि रिवाउण्डमा आएको बललाई सुनील बलले गोलमा परिणत गरे।

पाकिस्तानसँगको पहिलो खेलमा दोस्रो हाफमा मात्रै अवसर पाएका सुनीललाई प्रशिक्षक बालगोपाल महर्जनले भुटानविरुद्ध सुरुवाती ११ मै राखेका थिए । जसमा सुनिल प्लेमेकरका रुपमा देखिए । मिडफिल्डमा उनको भूमिका निकै प्रभावकारी थियो ।

त्यसपछि खेलको ७७ औं मिनेटमा अञ्जन विष्टको ठाउँमा मैदान छिरेका भरत खवासले त्यसको दुई मिनेटपछि सेन्टर नजिकैबाट एक्लै अगाडि बढाएको बललाई उत्कृष्ट प्रहार गर्दै नेपाललाई ३-० ले अघि पुर्‍याए ।

भुटानलाई लगातार दबावमा राखेको नेपालले ८८ औं मिनेटमा चौथो गोल गर्‍यो । नेपालका लागि ८८ औं मिनेटमा निराजन खड्काले गोल गरेर ४-० ले जिताए ।

पहिलो खेलमा भने पाकिस्तानसँग २-१ ले पराजित भएको  थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु