प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

रुपन्देहीका थप तीनवटा पानी उद्योगलार्इ कारबाही

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र २२, शुक्रबार ०९:५८

बुटवल- मापदण्ड पूरा नगरी पिउने पानी उत्पादन र वितरण गरिरहेका रुपन्देहीका थप तीनवटा पानी उद्योग कारवाहीमा परेका छन् ।प्रशोधित पिउने पानी उत्पादन मापदण्ड निर्देशिका २०७४ विपरीत पानी उत्पादन गरे बिक्री गरिरहेका सी एण्ड एच फुड एण्ड बेभरेज इण्डस्टि्रज बुटवल चिडियाखोला र मानसरोवर वाटर प्रोसेसिङ इण्डस्टि्रज बुटवल कारवाहीमा परेका हुन् ।सी एण्ड एच फुड एण्ड बेभरेजले ब्लु ड्रप ब्राण्डमा जारमा पानी भरेर बेच्दै आएको थियो ।

मापदण्ड पूरा नगर्दासम्म दुबै उद्योगलाई पानीको उत्पादन र वितरण बन्द गर्न निर्देशन दिइएको छ ।दुबै उद्योगमा स्वचालित मेसिन पनि नभएको र सरसफाईको अवस्था पनि नाजुक देखिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका खाद्य निरीक्षक श्रवण ढुंगानाले जानकारी दिए ।यसैगरी बुटवल नयांगाउंको क्यारोलिना वाटर इण्डस्टि्रजले मापदण्ड निर्देशिका अनुसार स्वचालित बोतल प्लान्ट बाट उत्पादन गर्नुपर्नेमा नगरेको पाइएकाले बोेतल पानी उत्पादनमा रोक लगाइएको ढुंगानाले बताए ।प्रशोधित पिउने पानी उत्पादन मापदण्ड निर्देशिका २०७४ अनुसार बोतल पानी उत्पादन गर्ने उद्योगहरुले पानी उत्पादन कार्य स्वचालित मेसिनमार्फत मात्रै गर्नुपर्ने प्रावधान छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको अगुवाईमा इलाका प्रशासन कार्यालय बुटवल र इलाका प्रहरी कार्यालय बुटवलका प्रतिनिधिहरु सहभागी टोलीले अनुगमनका क्रममा मापदण्ड पूरा नगरेका पानी प्रशोधन गर्ने उद्योगलाई कारवाही गरेको हो ।यसअघि भैरहवाको रिद्धिसिद्धि वाटर इण्डस्टि्रज, रोहिणी गाउंपालिका वडा नं २ को हिमालयन रोज डि्रङकिङ वाटर र सोही गाउँपालिका वडा नंं ३ को आर एन जे वाटर इण्डस्टि्रजले मापदण्ड पूरा नगरी पानी उत्पादन र विक्रि वितरण गरेको पाइएकाले कारवाहीमा परेका थिए ।रुपन्देहीमा गत आर्थिक वर्षको अन्त्यसम्म १४ वटा पानी उद्योगले दर्ता नवीकरण गरेका खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख हस्त राईले बताए ।कतिपय पानी उद्योगले प्रशोधित पानीलाई मिनरल वाटर भनेर उपभोक्तालाई झुक्याइरहेकाले त्यस्तो नगर्न सचेत गराइएको उनले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु