एनआरएनए उच्चस्तरीय समितिद्वारा राष्ट्रिय समन्वय परिषद्सँग बैठक आह्वानप्रेरणाका पात्र : मार्बल बोन डिजिज सर्भाइभर अनिल कुमार महर्जनझापा एफसीमा अल्हाजी गेरोको आगमन!नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको तयारी पूरामहिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्नराष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्षमा वरिष्ठ सञ्चारकर्मी एवं कलाकार वसन्तराज रिजालउद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई नियमित विद्युत आपूर्ति हुने : ऊर्जामन्त्रीएसइई परीक्षा आजदेखि देशभर सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागीFonepay द्वारा "Digi-Smart Nepal" अभियानSparrow SMS Celebrates 15 Years of Transforming Enterprise Messaging in Nepal

यही सेप्टेम्बर १५ मा ‘कमिक कन नेपाल–२०१८’ हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र २३ गते, शनिबार १३:२०

कमिक कन नेपाल महोत्सव–२०१८ को अमेरिका, जापान र अष्ट्रेलियाका राजदुत उद्धघाटन् गर्ने’
काठमाडौ, २३ भदौ । कमिक कन नेपालको आयोजना र मोडेल ग्लोबल भिजा कन्सल्टेन्सीको मुख्य प्रायोजना र होन्डाको सह–प्रायोजनमा यही भदौ ३० गते (सेप्टेम्बर १५) मा शनिबार काठमाडौंको भृकुटीमन्डपस्थित् बगैंचामा ‘कमिक कन नेपाल २०१८’ महोत्सवको आयोजना हुने भएको छ ।

विशेषगरि कस्प्ले प्रेमीहरुलाई कमिक कल्चरमा समावेश गराउने उद्येश्यसहित सञ्चालन हुन लागेको उक्त महोत्सवले सम्पूर्ण उमेर समूहलाई समावेश गराउने भएको छ । उक्त मेलामा दश हजारभन्दा बढिको सहभागिता रहने आयोजकले जनाएको छ ।
शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कमिक कन नेपालले यस्तो जानकारी गराएको हो । कमिक कन नेपालकी निर्देशक सृष्टि श्रेष्ठले यो मेलाले नेपालमा रहेका कस्प्ले प्रेमीहरुलाई आफ्नो कला र ट्यालेन्टलाई प्रष्टफुटन गर्नको लागि बिदेश जान नपर्ने विश्वास व्यक्त गरिन् ।

नेपालमा पनि कला, संगित, चलचित्र, नाटक, भिडियो गेममा एनिमेसन प्रविधिको बिकासमा यो मेलाले टेवा पुर्याउने श्रेष्ठको दाबी छ । उनले भनिन्,‘अहिलेको पुस्ताको छुट्टै इच्छा र चाहाना छन्, उनीहरुलाई परिवारले डाक्टर, ईन्जिनियर बन्न दबाब दिईराखेका छन् । तर, हाम्रो यो महोत्स्वले उनीहरुलाई आफ्नो प्रतिभा र वास्तविक क्षमतालाई प्रस्फुटन देखाउन ठूलो सहयोग पुग्नेछ । जसले आधुनिक वाणिज्य व्यवस्थापनमा, कला, सांगितीक प्रस्तुतिमा नयाँ प्रविधिलाई जोड्न मद्दत गर्छ । साथै, पश्चिमी पप संस्कृतिसँग जोड्न पनि सहयोग गर्छ ।’
‘स्पाईडर म्यान, सुपरम्यान, वन्डर उमनजस्ता एनिमेटिभ प्रस्तुति देखाउन चाहनेको लागि यो मेला एउटा अवसर सिर्जना गरिदिने बाटो बन्नेछ’–श्रेष्ठले थपिन् ।


सहभागीहरुले आफ्नो प्रस्तुति देखाएपछि विजेता हुनेलाई दिल्ली कमिक कनमा सहभागी गराउने र आयोजकले नै यो महोत्सवमा सहभागी हुनेमध्येबाट छनौट गरेर टोकियो कमिक कनमा पठाउने तयारी गरेको पनि कमिक कन नेपालका अर्का निर्देशक अभिनव श्रेष्ठले जानकारी दिए ।

साथै, यस मेलामा अतिथिको रुपमा नेपालका लागि जापान, अष्ट्रेलिया र अमेरिकाका राजदुतहरुको उपस्थिति रहनेछ । राजदुतहरुको साथै, महोत्सवमा विभिन्न कलाकारहरुको उपस्थिति रहनेपनि आयोजकले जानकारी दिएको छ । नेपाल चलचित्र विकास बोर्डका उपाध्यक्ष चेतबहादुर सिंह राजा र चलचित्र निर्देशक सविन बास्तोलाको पनि उपस्थिति रहनेछ ।

महोत्सवमा नेपाली पप गायक सविन राई र टर्कीका चर्चित कस्प्ले बेस्टी अक्टेमको प्रस्तुती रहनेछ ।
महोत्सवका सह–प्रायोजकहरुमा जिरो स्टार प्रा.ली., अष्ट्रेलियन ईन्स्टिच्यूट अफ बिजनेश एण्ड टेक्नोलोजी, पिग्स् एण्ड पाण्डा, ड्रिम स्टार ईम्पेक्स प्रा.ली. रहेका छन् । त्यस्तै कार्यक्रमको व्यवस्थापन ईभेन्ट सोलुशन प्रा.ली. र कार्यक्रमको प्रर्वद्धन ओटाकु क्लब नेपालले गर्ने भएको छ ।


मेला भदौ ३० गते (सेप्टेम्ब १५) को विहान ८ बजेदेखि साँझ ७ बजेसम्म चल्नेछ । मेलामा सहभागीहरुको लागि अनलाइन रजिष्टर तथा टिकटको माध्यमबाट पनि दर्ता गराइने जानकारी पनि आयोजकले गराएको छ ।
नेपालमा पहिलोपटक कमिक कन नेपाल सन् २०१७ को सेप्टेम्बर ९ मा कोटो ईन्टरनेश्नल एल.एल.सि र जिरोस्टार प्रा.ली.ले ओटाकु क्लब नेपालको सहकार्यमा ललितपुरस्थित् झम्सिखेलको हेरिटेज गार्डेनमा सम्पन्न भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु