आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

बादर आंतकलाई राष्ट्रिय समस्याका रुपमा लिन अष्ट जको आग्रह

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र २५ गते, सोमबार ०४:२०

काठमाडौं, २५ भदौ ।  अष्ट ज अभियान नेपालले बादर आतंकलाई राष्ट्रिय समस्याका रुपमा लिएर यसको समाधानमा लाग्नका लागि  सरकारको ध्यानाकर्षण गराएको छ ।

अभियानका अध्यक्ष लोककृष्ण भट्टराईद्धारा सोमबार  जारी गरिएको विज्ञप्तिमा बादरका कारण देशका विभिन्न क्षेत्रमा किसानहरु आतंकित बनेको र उनीहरु विस्तारै उत्पादनबाट बिस्थापित हुन थालेको  दुःखद स्थिति पैदा भएको जनाएको छ ।

जल, जमिन, जंगल, जडिबुटी, जलवायू, जराजुरी, जनशक्ति र जनावरको पहिचान, संरक्षण, सम्वद्र्धन, उत्पादन तथा व्यवसायिक प्रयोगको पक्षमा  सक्रिय रहँदै आएको अभियानले यो समस्यालाई राष्ट्रिय समस्याका रुपमा लिन सरकार समक्ष आग्रह गरेको छ ।

‘देशका  विभिन्न भागबाट  प्राप्त  यर्थाथ सूचनाका आधारमा सरकारको ध्यानाकर्षण गराउन चाहान्छौं,’ उक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘उत्पादक तथा  कृषकहरुको बाली नष्ट देखि अराजक, आक्रमण सम्मका  दृष्टान्तहरु प्रति गम्भीर भई मानव (जनशक्ति) विस्थापन हुन नदिन तथा  यसलाई राष्ट्रिय समस्याका रुपमा लिइ समाधानको पहल लिन  सरकारसँग हार्दिक अनुरोध गर्दछौं ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु