सेन्ट जर्ज स्कुलमा गुरुपूर्णिमा सम्पन्नरुपन्देहीमा सिद्धार्थ डेरी साइकल यात्रीलाई मोही वितरणकाभा यू–२० महिला भलिबल ः नेपालले सेमिफाईनलमा कीर्गिस्तानसँग खेल्नेप्रधानमन्त्री ओलीलाई दुईतिहाई सांसदको समर्थन, पाए विश्वासको मतकवि राजेन्द्र ओझा ‘नयन’द्वारा रचित ‘अभिलाषाका झारहरू’ कवितासङ्ग्रह विमोचनचितवनमा “तपाईं बजार” को शुभारम्भलोक दोहोरी गीत ‘दमौलीमा गेट" को रिमेक भर्सन बजारमा [भिडियो]गुरुप्रति सम्मान भाव प्रकट गरी आज गुरु पूर्णिमा पर्व मनाइँदैदाना कपमा नेपाली टोली डेन्मार्क प्रस्थाननेपाल बक्सिङ महासंघको चौथो पूर्ण कार्यसमितिको बैठक सम्पन्न

साफ सुजुकि कपमा नेपालले सेमीफाइनल खेल बुधबार माल्दिभ्ससँग खेल्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र २५ गते, सोमबार ०८:२८

काठमाडाैं ।साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले माल्दिभ्सको सामना गर्ने भएको छ। आइतबार भएको समूह बीको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई २-० गोलले पराजित गरेपछि नेपालले माल्दिभ्स प्रतिद्वन्द्वी पाएको हो।

आइतबार भएको एकपक्षीय खेलमा भारतका लागि निखिल पुजारी र मनभीर सिंहले एकएक गोल गरे। भारत समूह बीको विजेताका रुपमा अन्तिम चारमा पुग्यो भने माल्दिभ्स उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनायो।

भारतले दुई खेलमध्ये दुवैमा जित हात पार्दै ६ अंक जोड्यो। माल्दिभ्स र श्रीलंकाको समान एकएक अंक भए पनि माल्दिभ्सले गोल अन्तरका आधारमा अन्तिम चारमा स्थान बनाएको हो।

माल्दिभ्स र श्रीलंकाले एकापसमा गोलरहित बराबरी खेल्दा भारतसँग समान २-० गोलको हार भोगेका थिए। गोलअन्तर र हेड टु हेडतर्फ दुवै टिमको समान अंक भएपछि टसबाट समूह उपविजेता टुंगो गरियो। त्यसक्रममा माल्दिभ्सले टस जित्दै अन्तिम चारको यात्रा तय गर्न सफल भयो। जसको भेट अब नेपालसँग हुनेछ ।

बुधबार हुने पहिलो सेमिफाइनल खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ। सोही दिन हुने अर्को खेलमा भारतले पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ।

सन् २०१३ पछि नेपाल पहिलो पटक सेमिफाइनल पुग्न सफल भएको हाे। नेपालको यो चौथो पटकको सेमिफाइनल यात्रा हो। यसअघि नेपाल १९९९, २०११ र २०१३ मा अन्तिम चारमा पुगेको नेपाल अहिलेसम्म च्याम्पियन बन्न सकेको छैन। १९९३ को सार्क गोल्डकपको तेस्रो भएपनि त्यति बेला चार राष्ट्रले मात्र भाग लिएका थिए। सार्कसहित नेपालको यो १२ औं सस्करण हो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु