आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

एकता हुन नदिने प्रवृति नै अन्तरघात: सभापति देउवा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र २५ गते, सोमबार ०८:३८

नेपालगञ्ज, २५ भदौ –नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा एकता हुन नदिने मूल प्रवृति नै अन्तरघात भएको बताउनुभएको छ ।

जननायक बिपी कोइरालाको १०५औँ जयन्तीका अवसरमा आज यहाँ आयोजित ‘नेतृत्व विकास तथा सामूहिक सौदाबाजी’ विषयक अन्तक्र्रिया एवं प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै सभापति देउवाले पार्टी भित्रको अन्तरघात प्रवृतिलाई सबै मिलेर निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयो । “ बिपी कोइरालाले थिति बसाएको पार्टीमा अहिले बेथिति बढेको छ, अनुशासनमा नबस्ने प्रवृति मौलाएको छ, स्वार्थी जमातको वर्चश्व क्रमशः हाबी हुँदै गएको छ, म अब चुप लागेर बस्दिन । यस्ता प्रवृति भएका कार्यकर्तामाथि निष्काशनसम्मको कारवाही हुन्छ ।”

सभापति देउवाले भन्नुभयो, ‘हामी अरुका कारणले चुनाव हारेका होइन, आप्mनै कारणले हारेका हौँ । आप्mनाले नै दुश्मन देख्ने प्रवृति हारको कारण बन्यो ।” उहाँले वर्तमान सरकार मुलुकका सबैखाले संरचना भत्काउने षडयन्त्रमा लागेको आरोप लगाउनुभयो । लोकतान्त्रिक पद्दतीको वाटो बिराउदै जानेको आयु छोटो हुन्छ भन्ने कुरा सरकार सञ्चालनकर्ताले बुभ्mनुपर्ने उहाँको भनाइ थियो । नेपाल ट्रेड युनियन काङ्ग्रेस बाँकेले आयोजना गरेको कार्यक्रमका सहभागिलाई महामन्त्री डा शशांक कोइराला, केन्द्रीय सदस्य डा रामशरण महत लगायतका नेताले प्रशिक्षण दिनुहुने बताइएको छ ।

श्राेतः onlinenepalgunj.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु