भरतमोहन अधिकारी स्‍मृति सभा माझ १२५ जना जेष्ठ नागरिक साम्मनितदलितहरु अब आफ्नै लागि लड्नु पर्छ - बसन्त परियारपछिल्लो २४ घन्टामा थप ७८ जनामा कोरोना भाइरसको संक्रमणनेपाल सरकार र नेत्रविक्रम चन्द समूहबीच आज पहिलो चरणको वार्तासनिल क्वार्टरफाइनलमागाउँ पर्यटन प्रवर्द्धन मञ्चको अध्यक्षमा सुवेदीको उम्मेद्ववारी घोषणापाटनमा फाल्गुण २१ देखी मच्छिन्द्रनाथ धार्मिक महोत्सव शुरु हुँदैप्रतिनिधिसभाको बैठकमा प्रवेश गर्नुअघि सांसदहरुले अनिवार्यरुपमा कोरोनाविरुद्धको खोप लगाउनुपर्ने"के पायौं हाम्ले"-रामचन्द्र तिम्सिनाहेर्नुस् आज २०७७ साल फागुन १९ गते, बुधवारको राशिफल

सन्दिप लामिछाने अफगानिस्तान प्रिमियर लिगमा खेल्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २६ भाद्र २०७५, मंगलवार ०९:०४

काठमाडौँ, २६ भदौ — नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले अफगानिस्तान प्रिमियर लिग (एपिएल) खेल्ने भएका छन् ।

आइतबार भएको खेलाडी छनोटमा उनलाई नङराहार टोलीले छनोट गरेको हो । लिगमा पाँच टोली सहभागी हुनेछन् । सन्दीप रहेको टोलीमा आन्द्रे रसल, तामिम इकबाल, मुजिब रहमान, बेन कटिङ, नाजिबुल्लाह तरकाइ, मिसेल मक्लीनघन, मोहमद हफिज, मुस्फिकुर रहिम, रहमत साह, नवीन उल हक र जाहिर खान छन् । राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र तीव्र गतिका बलर सोमपाल कामी भने छनोट हुन सकेनन् ।

प्रतियोगिताको नियम अनुसार कम्तीमा एउटा एशोसियट खेलाडीलाई प्रत्येक टोलीले राख्नुपर्ने प्रावधान थियो । प्रतियोगिता आगामी असोज १९ देखि कात्तिक ४ गतेसम्म युनाइटेड अरब इमिरेट्स (युएई)मा हुनेछ । सन्दीपले यसअघि इण्डियन प्रिमियर लिग (आइपिएल), क्यान्डाको ग्लोबल टी–२० र वेस्ट इण्डिजको राष्ट्रिय लिग खेलिसकेका छन्।

-अनलाइन नेपालगंज

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु