नेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिक

१८ वर्षीया लक्ष्मी नेपालीको बलात्कारपछि हत्या, भिडियाे सहित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र २६, मंगलवार ११:२२

काठमाडौं, २६ भदौ । धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ७ की १८ वर्षीय लक्ष्मी नेपालीको बलात्कारपछि हत्या भएको र हत्याराको बारेमा किटानी जोहरी दिँदासमेत प्रहरीले अहिलेसम्म अपराधीलाई फक्राउ गर्न ढिलाई गरेको भन्दै पीडित परिवारले आपत्ति जनाएको छ । पीडित परिवारले तत्काल अपराधी पहिचान गरि पक्राउ गरेर कानून अनुसार कडा कारबाही गर्न समेत माग गरेको छ ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पीडित परिवारले भदौ ७ गतेबाट बेपत्ता भएर मृत भेटिएकी छोरीका हत्यारालाई प्रहरीले पहिचान गरेर पक्राउ गर्न नसकेको आरोप लगाएका हुन । छोरीको हत्यामा संलग्न भएको दाबी गर्दै किटानी दिँदासमेत हत्यारालाई प्रहरीले अहिलेसम्म पक्राउ नगरेको भन्दै मृतक नेपालीका बुबा तुलामान नेपालीले सरकारप्रति आक्रोश पोखे ।


उनले भने,‘छोरीको हत्याराको नामसहित मैले जाहेरी दिएको छु । विगत लामो समयदेखि छोरीसँग कुरा गर्ने र बिदेशमा बस्ने खोटाङ्का अनिल परियारको नाममा मैले जाहेरी दिएको छु । छोरी वेपत्ता भएको ४ दिनसम्म छोरीको मोबाईलमा फोन लागिरहेको थियो । तर, प्रहरीले पक्राउ गर्न सकेन । मैले गृहमन्त्री रामबहादुर थापा बादललाई समेत भेटेर न्याय दिन आग्रह गरिसकेको छु । प्रहरी प्रसाशनले अनुसन्धान भईरहेको छ भन्छ । तर, खै परिणाम अहिलेसम्म केही पनि आएको छैन् । मेरो माग दोषीको पहिचान गरि उसलाई कडाभन्दा कडा कारबाही गर्नुपर्यो ।’

त्यस्तै कार्यक्रममा पत्रकार ऋषि धमलाले अपराधमा संलग्नलाई पहिचान गरि कानूनबमोजिक कडा सजाय गर्न माग गरेका छन् । उनले भने,‘बलात्कारजस्तो जघन्य अपराधले दिनप्रतिदिन जरा हाम्रो समाजमा गाढिरहेको छ । यस परिस्थितिमा सरकालाई मेरो आग्रह छ, बलात्कारीलाई कुनैपनि हालतमा पक्राउ गरेर कानूनको दायरामा ल्याउनुपर्छ । दोषीलाई कारबाही गर्नुपर्छ ।’

उनले अघि थपे,‘कञ्चनपुरकी निमर्ला पन्त हत्या प्रकरणका बारेमा बनेको छानविन समितिकै सदस्यलाई ज्यान मार्ने धम्कि आएको भनेर राजीनामा दिन बाध्य भएको भन्दैछन्, सरकारले यस्ता गलत कार्यहरुको बारेमा गम्भिर भएर उचित कदम चाल्नुपर्छ, के साच्चै नेता, प्रहरीको उच्च पदाधिकारीहरुको आफ्न्त छोरी बलात्कारपछि हत्या भएको भए यसरीनै छानविन हुन्थ्यो ? यति ढिलो हुन्थ्यो ? त्यसैले सरकारलाई भन्छु गरिब जनताहरुको पहुँचको लागि काम गर्नुपर्छ । सत्तामा बस्ने मानिसको बारेमामात्रै प्रहरीले गम्भिर हुनुभएन । गरिब जनताको भलाईको लागि अग्रसर हुनुपर्यो ।’


त्यस्तै महिला आयोगकी पूर्वअध्यक्ष मनु हुमागाइँले वर्तमान सरकार महिलाको बारेमा सुरक्षा दिन पूरै असफल भएको आरोप लगाएकी छन् । उनले भनिन्,‘वर्तमान सरकार महिलाको सुरक्षाको बारेमा गम्भिर देखिएन । १९ दिनसम्म पनि लक्ष्मी नेपालीका हत्यारालाई पक्राउ गर्न सकेको छैन् । प्रहरी प्रसाशनले तदारुकताका साथ काम गर्न सकेन । सरकार त पूरै अपराधी र गुण्डाहरुको ईशारामा चलेकोजस्तो देखिन्छ । निर्मला पन्तको हत्या भएको डेढ महिना भईसक्यो । त्यत्रो आन्दोलन भयो । अर्को बालकमाथि गोली प्रहार गरियो र उनको ज्यानै गयो । आजका दिनसम्म अपराधिलाई पक्राउ गरेर सार्वजनिक गर्न सकेको छैन् ।’

स्थानीय बासिन्दा एवम् समाजसेवी विष्णु सापकोटाले बलात्कारका घट्नाहरु अपराध प्रथाको रुपमा विकास हुन थालेको बताएका छन् । उनले भने,‘हाम्रो देशमा बलात्कारका घटनाहरुले उग्ररुप लिदै छन् । दोषीलाई सत्ता र शक्तिको आडमा उन्मुक्ति दिने काम भैरहेको छ । लक्ष्मीका हत्यारालाई कुनैपनि हालतमा पक्राउ गरि हदैसम्मको कारबाही गर्न जोडदार माग गर्दछु ।’


परिवारले दिएको जानकारी अनुसार मृत्तक लक्ष्मी भदौ ७ गते दिउँसो ४ बजेदेखि एक्कासी सम्पर्कविहिन भएकी थिईन् । मृत्तककी बुवा तुलामानले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘भदौ ७ गतेबाट सम्पर्कविहिन भएकी छोरी भदौ १५ गते का दिन काठमाडौं वडा नम्बर ३ स्थित् बसुन्धरास्थित् स्पिड गेष्ट हाउसको कोठा नं. १०१ मृत अवस्थामा भेटिएको भन्ने महाननगरीय प्रहरी बृत्त मराजगंजबाट जानकारी पाउनासाथ उक्त प्रहरी बृत्तमा सम्पर्कमा गई घट्नाको सत्यतथ्य पत्ता लगाई दोषीमाथि कडा भन्दा कडा कारबाहीको होस भनि जोडदार माग गर्दै आवश्यक कानुनी कारवाहीको लागि मिति २०७५ भदौ १६ गतेका दिन महानगरीय प्रहरी बृत्त महारजगंजमा जाहेरी दिएको थिएँ ।’

विज्ञप्तीमा थप भनिएको छ,‘तत्पश्चात् मृतकको शब पोष्टमार्टम गरियो भने अनुशन्धानको लागि थप सहयोग हुने भनि महानगरीय प्रहरी बृत्त महाराजगंजले आग्रह गरेको हुँदा पोष्टमार्टमको लागि म पीडित पक्ष निवेदकले आफ्नो तर्फबाट गर्नुपर्ने सहयोग गरें । तर, प्रहरी अनुशन्धानको लागि आफ्नो स्थानबाट सक्ने सबै किसिमको सहयोग गर्दासमेत आज मिति २०७५ साल भदौ २६ गतेसम्म पनि अपराधी सार्वजनिक हुन नसक्नुले अत्यन्तै दुःखित भएको छु । यस दुःखद् घट्नाको सत्यतथ्य छिटोभन्दा छिटो सार्वजनिक गरी दोषीमाथि कडाभन्दा कडा कारबाही गरी कानुनी राज्यको प्रत्याभुति गराउन सम्बन्धित निकायलाई दबाबमूलक ध्यानाकार्षणको लागि तपाई पत्रकार मित्रहरुसमक्ष सहयोगको लागि हार्दिक अनुरोध गर्दछु ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु