पूर्वराष्ट्रपति भण्डारीद्वारा अरुणोदय स्मारिका लोकार्पणजलविद्युतको शेयरमार्फत विपन्न नागरिकको जीवनस्तर उकास्न सरोकारवालासँग उर्जामन्त्रीको छलफलसाउथवेस्टर्नको विज्ञान प्रदर्शनी सम्पन्न :२० हजार द्धारा अवलोकनएभरेस्ट बेस क्याम्पमा ग्यास्ट्रोनोमी कार्यक्रम २०२५ हुनेआज माघ २५ गते शुक्रबार : कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफलबससेवा डटकमले भ्यालेन्टाइन डेको अवसरमा छुट अफर सुरुबुढिगण्डकी हाईड्रोपावरमा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने,मिस एण्ड मिसेस व्यूटिफुल नेपाल यस वर्ष पनि हुनेसाउथवेस्टर्नमा १३ औं विज्ञान प्रदर्शनीकोशी प्रदेशको उर्जा र सिंचाईको विकासका लागि कोशी प्रदेशका सांसदसँग उर्जामन्त्रीको छलफल

आइफोनका तीन किसिमका नयाँ मोडल सार्वजनिक, मुल्य कति?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र २८ गते, बिहीबार ०८:५६

क्यालिफोर्निया, २८ भदौ – अमेरिकी स्मार्टफोन निर्माता कम्पनी एप्पलले एकै पटक तीन किसिमका आइफोन बुधबार सार्वजनिक गरेको छ । बिक्रीमा सामान्य कमी आइरहेको समयमा एप्पलले बजार विस्तार गर्ने उद्देश्यले नयाँ मोडलका साथै सर्बाधिक महङ्गा आइफोन बजारमा ल्याएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत टीम कूकले गत वर्ष सार्वजनिक गरिएको आइफोन एक्सभन्दा ठूलो स्क्रिन भएको आइफोन एक्सएस म्याक्स सार्वजनिक गर्नुभयो । यसलाई अमेरिकी बजारमा ११०० डलर (करिब रु. १ लाख २६ हजार) पर्दछ । यसको मूल्य आइफोन एक्सभन्दा १०० डलर बढी छ ।

म्याक्स मोडेल आइफोन ८ प्लसकै हाराहारीको छ तर स्क्रीनको आकार केही ठूलो छ । कम्पनीका अनुसार उपभोक्ताले आइफोनका स्क्रीनहरु साना भएकाले फोटो र भिडियो खिच्न अप्ठ्यारो भएको गुनासो गर्दै आएका थिए ।

एप्पलले बुधबार नै आइफोन एक्सआर मोडेल सार्वजनिक गरेको छ । अक्टोबर २६ बाट बजारमा आउने यसको मूल्य करिब ७५० अमेरिकी डलर छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु