ललितपुर महानगरपालिकाका वडा सदस्यहरुलाई अपाङ्गता सम्बन्धी जानकारी गराइयोनेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफल

निर्मला पन्तका बुवाले रुँदै भने :- ‘छोरीले न्याय नपाउने हो भने हामीलाई गोली ठोकिदिए हुन्छ, प्रधानमन्त्रीको अभिव्यक्तिले बम दिदीबहिनीको मनोबल बढायो’

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र २८, बिहीबार १६:५९

काठमाडौं, २८ भदौ । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका आमा–बुवाले आफ्नी छोरीको वास्तविक हत्यारा पत्ता लगाई दोषीलाई कडाभन्दा कडा कानुनी कारबाही नगरेसम्म आफूहरु गृहजिल्ला नफर्किने बताएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै बुवा यज्ञराज पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिले बम दिदीबहिनीको मनोबल बढाएको गुनासो पोखे ।

उनले भने,‘उहाँको अभिव्यक्तिले बम दिदीबहिनीको मनोबल बढाउने काम भयो । तर, हजारौं छोरीहरुको मनोबल गिराउने काम भएको छ । प्रहरीले प्रमाण किन नष्ट गर्यो ? म नेपाली नागरिक हो कि होईन ? निर्मलाको हत्याको दोषीलाई कारबाही गर्न माग गर्दै आन्दोलन गर्दा प्रहरीले उल्टै गोली चलायो । गोली चलाउने प्रहरीलाई कडाभन्दा कडा कानुनी कारबाही गर्नुपर्छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै बुवा यज्ञराजले आफूहरुले प्रधानमन्त्रीबाटै सौतेलो व्यवहार खेप्नुपरेको गुनासो पोखे । उनले न्याय पाउनको लागि नै आफूहरु अधिकारकर्मीसहित काठमाडौँ आइपुगेको स्पष्ट पारे ।

छोरी निर्मलाको हत्या भएको घट्नाबारे सुनाउने क्रममा बुवा यज्ञराज क्लबको साक्षात्कारमै भावविह्वल भए । छोरीको साइकल भेटिएपछि उसकी साथीकी दिदी बबिता बमले साइकल भेटिएको भए लाश पनि त्यतै होला भनेको प्रसंग सुनाउँदै गर्दा पत्रकार सम्मेलनमै बुवा यज्ञराज रोए ।

रुमालले आँसु पुछ्दै उनले भने,‘उसलाई कसरी थाहा भयो ? त्यति प्रमाण मिल्दामिल्दै पनि सरकारले उल्टै त्यसलाई संरक्षण गरिरहेको छ। हामीलाई त प्रहरीमाथि नै शंका लागेको छ । हत्या भएको घट्नास्थललाई सिल गरिएन। प्रहरीले वास्तविक अनुशन्धान गर्ने काम गरेन । दिलिप सिंह विष्ट समातेर झुठो अपराधी खडा गर्ने काम गर्यो । मलाई विष्टविरुद्ध किटानी दिन जबरजस्ती गरिएको थियो । तर, मैले मानिन।’ प्रहरीले छोरी हराएकै दिन सहयोग गरिदिएको भए आफ्नी छोरीलाई जिवितै भेट्न सकिने थियो भन्ने उनको विश्वास थियो ।

बास्तविक अपराधीलाई जोगाउन चक्र बडू र दिलीपसिंह विष्टलाई प्रहरीले फसाउन खोजेको उनको आरोप छ । उनले भने,‘सुरुमा चक्र बडूलाई समातेर उसैविरुद्ध किटाणी जाहेरी दिन भनियो, त्यसपछि दिलीपसिंहलाई मुख्य अभियुक्त भन्दै सार्वजनिक गरेर हामीमाथि दबाब दिईयो । तर, हामीलाई विश्वास नै थिएन, उनीहरुबाट यस्तो काम हुने कुरामा । रोशनी र बबिता बम बस्ने घरबाट अनुसन्धान थालेर तत्कालीन् एसपी डिल्लीराज विष्टसहितमाथि छानबिन गर्ने हो भने सबै कुरा बाहिर निस्किन्छ ।’


प्रधानमन्त्रीले निर्मला हत्याकाण्डको छानबिन गर्न नदिएर सरकारलाई अवरोध गरेको भनी सञ्चारमाध्यममा दिएको अभिव्यक्तिले आफूहरुको चित्त दुःखेको उनको गुनासो छ । उनले थपे,‘प्रधामन्त्रीले नै यसरी झुटो बोल्नुहुन्छ भन्ने लागेको थिएन, प्रधानमन्त्रीबाटै हामीले सौतेले व्यवहार भोग्नुप¥यो । हामीले न्याय पाउनै नहुने हो ? हामी पनि यही देशका नागरिक हौँ त ।’

निर्मलाकी आमा दुर्गादेवी पन्तले घट्ना भएको ५० औं दिन बितिसक्दापनि वास्तविक हत्यारा पत्ता नलागेकोले आफूहरु न्याय माग्न काठमाडौं आएको स्पष्ट पारिन् । उनले भनिन्,‘देशको अभिभावकजस्तो व्यक्तिहरु प्रधानमन्त्री, राष्ट्रपति काठमाडौंमै हुनुहुन्छ । उहाँहरुले हामीलाई जसरीपनि न्याय दिलाउनुपर्छ ।’

उनले छोरीको हत्यामा प्रहरीको ठुला मान्छेको संलग्नता रहेकैले यसरी ढाकछोप गरिएको गुनासो पोखिन् । उनले भनिन्,‘हामीले सुरुदेखि नै बम दिदीबहिनी बस्ने घरबाटै अनुसन्धान गर्नुपर्छ भन्यौ । सुरुमा हाम्रो कुरा समेत पुलिसले सुनेन, छोरी पोइल गइहोली भन्ने जबाफ दिए ।’
नेपाल प्रहरीका आईजीपी गएर पनि पुलिसकै मान्छे भएपनि छाड्दैनौँ भनेको तर अहिलेसम्म केही नगरेपछि न्याय खोज्दै काठमााडौँ आएको दुर्गादेवीको भनाई छ । उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्मलालाई आफ्नै छोरी सम्झिएर न्याय दिलाउन आग्रह गरिन् । उनले भनिन्,‘न्याय नपाए हामी कसरी घर फर्किने ? अहिलेसम्म जसरी झुलाईयो, त्यसैगरि हामीलाई घर नफर्काईयोस् ।’

उनले यदि सरकारले आफूहरुलाई न्याय दिन सक्दैन भने हामी तपाईहरुलाई न्याय दिन सक्दैनौं भनेर भन्नुपर्ने पनि बताईन् । उनले भनिन्,‘यदि सरकारले हामीलाई न्याय दिन सक्दैन् भने हामी सक्दैनौं भन्नुपर्यो । हामीलाई पनि गोली ठोकेर मारिदिए हुन्छ । तर, हामी न्याय नपाएसम्म घर फर्कदैनौं ।’

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु