स्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाFlag Hoisting Ceremony on National Day of PakistanNation celebrates Pakistan Day with renewed pledge to work for progress of true Islamic welfare stateसत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल

‘राष्ट्रपतिले मेरी छोरीलाई आफ्नै छोरी सम्झेर न्याय दिलाउनुपर्छ’ : आमा दुर्गादेवी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र २८, बिहीबार १६:५९

काठमाडौं, २८ भदौ । निर्मलाकी आमा दुर्गादेवी पन्तले घट्ना भएको ५० औं दिन बितिसक्दापनि वास्तविक हत्यारा पत्ता नलागेकोले आफूहरु न्याय माग्न काठमाडौं आएको स्पष्ट पारिन् । उनले भनिन्,‘देशको अभिभावकजस्तो व्यक्तिहरु प्रधानमन्त्री, राष्ट्रपति काठमाडौंमै हुनुहुन्छ । उहाँहरुले हामीलाई जसरीपनि न्याय दिलाउनुपर्छ ।’
उनले छोरीको हत्यामा प्रहरीको ठुला मान्छेको संलग्नता रहेकैले यसरी ढाकछोप गरिएको गुनासो पोखिन् । उनले भनिन्,‘हामीले सुरुदेखि नै बम दिदीबहिनी बस्ने घरबाटै अनुसन्धान गर्नुपर्छ भन्यौ । सुरुमा हाम्रो कुरा समेत पुलिसले सुनेन, छोरी पोइल गइहोली भन्ने जबाफ दिए ।’
नेपाल प्रहरीका आईजीपी गएर पनि पुलिसकै मान्छे भएपनि छाड्दैनौँ भनेको तर अहिलेसम्म केही नगरेपछि न्याय खोज्दै काठमााडौँ आएको दुर्गादेवीको भनाई छ । उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्मलालाई आफ्नै छोरी सम्झिएर न्याय दिलाउन आग्रह गरिन् । उनले भनिन्,‘न्याय नपाए हामी कसरी घर फर्किने ? अहिलेसम्म जसरी झुलाईयो, त्यसैगरि हामीलाई घर नफर्काईयोस् ।’
उनले यदि सरकारले आफूहरुलाई न्याय दिन सक्दैन भने हामी तपाईहरुलाई न्याय दिन सक्दैनौं भनेर भन्नुपर्ने पनि बताईन् । उनले भनिन्,‘यदि सरकारले हामीलाई न्याय दिन सक्दैन् भने हामी सक्दैनौं भन्नुपर्यो । हामीलाई पनि गोली ठोकेर मारिदिए हुन्छ । तर, हामी न्याय नपाएसम्म घर फर्कदैनौं ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु