चैत १९,आइतबार :तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफलरास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदै

नमुना बौद्ध मास्टर्स चेस च्यापम्यिनशिप २०१८ हिजाेबाट शुरु 

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र २९, शुक्रबार ०३:२२
-रबिराज रिमाल
२९ भदौ, काठमाडौं । नमुना बौद्ध मास्टर्स चेस च्यापम्यिनशिप २०१८ आजबाट शुरु भएको छ । मार्वल टेक्नोप्लाष्टका सी.ई.ओ. पवन कुमार सञ्चितिले च्यापम्यिनशिपको उद्घाटन गरेका छन् ।
नमूना बौद्ध चेस क्लबद्वारा आयोजित चेस प्रतियोगिता गुह्येश्वरी बौद्ध टाउनप्लानिङमा रहेको नमूना पार्कमा ४ दिनसम्म चल्नेछ । प्रतियोगीतामा नेपाल च्याम्पियन फिडे मास्टर,  सिएम, एफएम, डब्लुएफएम जना सहित ३८ खेलाडिहरुको सहभागिता रहने छ । स्विस लिग प्रणालीमा हुने प्रतियोगिता ७ चरणमा हुनेछ ।
१ लाख ५५ हजार पुरस्कार राशी रहेको प्रतियोगिताका च्याम्पियनले पचास हजार, दोश्रोले तीसहजार, तेश्रोले बीस हजार, चौथोले पन्ध्र हजार तथा पाँचौ र छैटौं हुनेले दश—दश हजार रुपैंया पुरस्कार राशी पाउनेछन् भने बेष्ट महिला र बेष्ट नमूना बौद्ध चेस क्लब बिधाको राशी दश—दश हजार रुपैंया छ । प्रतियोगिताको पुरस्कार वितरण भदौ ३१ गते खेलकुदमन्त्री जगत बहादुर सुनार (विश्वकर्मा)को प्रमुख आतिथ्यतामा हुनेछ ।
प्रतियोगिताको चिफ आर्बिटर आइए उमेश के.सी. चौलागाई र भाइस आर्विटर हर्कराज राई रहेका छन् ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु