मुक्तिनाथ केवलकार बन्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र २९ गते, शुक्रबार ०८:१६

काठमाडौँ – मुक्तिनाथमा अब केवलकार बन्ने भएको छ । नेपाल सरकार लगानी बोर्ड र मुक्तिनाथ दर्शन प्रालिबीच बीच बुधबार कास्कीको विरेठाँटीबाट मुक्तिनाथ मन्दिरसम्म केवलकार निर्माण हुने सम्झौता भएको हो ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र मुक्तिनाथ दर्शन प्रालिका अध्यक्ष अरुणकुमार सुवेदीले समझदारी पत्रमा हस्ताक्षर गरेको उक्त पत्रमा ८३.६५ किलोमिटर लामो केवलकार निर्माण हुने जनाइएको छ ।

उक्त केवलकारको ६ वटा स्टेशनहरू रहनेछ । ति स्टेशनहरूलाई विरेठाँटीदेखि घोरेपानी, घोरेपानीदेखि तातोपानी, तातोपानीदेखि तेले मार्फा देखि जोमसोम, जोमसोम देखि कागबेनी र कागबेनीदेखि मुक्तिनाथ खण्डमा विभाजन गरिएको छ । उक्त आयोजनाको लागत ३५ करोड अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु