खानपिनका शौखिनहरुको रूचिलार्इ दृष्टिगत गर्दै हालै काठमाडौ को गोकर्नेश्वोर नगर पालिका ०६ जोरपाटी मा ‘जोरपाटी फेमिल्री कफे ’ नामक रेस्टुरेन्ट आज बाट औपचारिक सञ्चालनमा आएको छ।
बिष्णु दङगाल र नरेश मोक्तानले रेस्टुरेन्टमा लगानी गरेका हुन् । रोजगारी र जीविकाका निम्ति विदेश मात्रै निर्विकल्प होइन, नेपालमै केही गरौं भन्ने सोच राखेर आफूहरूले रेस्टुरेन्ट खोलेको बताए ।
रेस्टुरेन्टले उपभोक्ताको हितमा ताजा एवम् सफा खाना तथा खाजाका परिकार उपलब्ध गराउँदै जाने उनी बताउँछन् ।
रेस्टुरेन्टले होम डेलिभरीको व्यवस्थासहित बर्थ डे पार्टी, हलको व्यवस्था, ताजा र शुद्ध एवम् स्वादिष्ट खाना–खाजा, क्याबिनको सुविधा आदि उपलब्ध गराएको छ।८०देखि १०० जनासम्मलाई एकैपटकमा सेवा दिन मिल्ने गरी रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको सञ्चालक बिष्णु दङगाल जानकारी दिनु हुदै । ‘अर्डर अनुसार स्तरीय खाना तथा खाजा खुवाउने व्यवस्था मिलाइएको छ।अहिले जोरपाटी क्षेत्रमा स्तरीय रेस्टुरेन्टको माग थियो । जुन हामीले पुरा गरेका छौं ।’
रेस्टुरेन्टमा स्पेसल बार सहिद खाना तास , ‘सेकुवा, भुटुवा, मःम, चाउमिन,पिजा,साथै नेपाली खाना ईन्डियन ,चाईनिज लगायत अर्डर अनुसारको खाजा ग्राहकलाई खुवाउँछौं। साथै पूर्ण पारिवारिक वातावरणमा सेवा उपलब्ध गराउँछौं ।रेस्टुरेन्टमा १५ जनालाई रोजगारी दिइएको छ । करिब २० लाख रुपैयाँ लगानीमा स्थापना गरिएको छ।
सम्बन्धित शीर्षकहरु