हुमाकान्त पोखरेल/गुल्मी- गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ६, धुर्कोट रजस्थलमा सुख्खा पहिरो जाँदा दलित बस्ती जोखिममा परेको छ । धुरको माथिल्लो भाग अर्थात ऐतिहासिक धुर्कोट कोटको तलपट्टीको चट्टान खस्दा बस्ती जोखिममा परेको हो ।
पहिरो खसेपछि स्थानीय नारायण नेपाली, प्रेम नेपाली, ध्रुव नेपाली, श्याम नेपाली, नरबहादुर नेपाली, विष्णु नेपाली, विष्णु नेपाली, बाबुराम नेपालीको घर जोखिममा परेको छ ।
त्यस्तै राम नेपाली र गीता नेपालीको घर पनि जोखिममा परेको स्थानीय पुष्कर खड्काले जानकारी दिनु भयाे । बस्तीमा एक्कासी ठूला–ठूला चट्टान खस्न थालेपछि बासिन्दाले घर नै छाडेका छन्।