सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्युदुर्घटनामा परेको जहाजमा सवार १९ जना नै सौर्य एयरलाइन्सका कर्मचारी रहेको पुष्टिमधेश प्रदेशमा शेखर समुह बाट जिवछी यादव राज्यमन्त्री बन्दैआजको मौसम : कहाँ-कहाँ छ आज भारी वर्षाको सम्भावना?तारकेश्वर नगरपालिकामा भोली देखि विशेष पोलियो खोप अभियान सुरु हुनेनेपाली पारा तेक्वान्दोलाई बिदाई तथा शुभकामना कार्यक्रमबागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्तहेर्नुस् आज साउन ८ गते मंगलबारको राशिफल१७ करोडको लागतमा निर्माण भएको तारकेश्वर नगरपालिकाको प्रशासनीक भबन उदघाटनविद्यार्थीहरुको मागप्रति आईक्यान जिम्मेवार नभएको भन्दै एनकासाद्वारा चरणवद्ध आन्दोलन घोषणा

२ हजार लिटर मदिरा प्रहरीद्वारा नष्ट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र ३१ गते, आईतवार ०८:१९

सुर्खेत, ३१ भदौ – अवैध घरेलु मदिरा उत्पादनका लागि राखेको दुई हजार लिटर कच्चा पदार्थ सुर्खेत प्रहरीले शनिबार नष्ट गरेको छ ।

स्थानीय प्रतिनिधि, पत्रकारलगायत यहाँका सम्पूर्ण सरोकारवालाको रोहवरमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले दुई हजार लिटर मदिरा बनाउन राखिएको कच्चा पदार्थ नष्ट गरेको हो । आठ थान भाँडावर्तनसहित तयारी अवस्था राखिएको ३५० लिटर अवैध घरेलु मदिरा पनि नष्ट गरिएको जिप्रका सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो ।

तीज पर्वलाई अवसर पारेर प्रहरीले शुरु गरेको ‘अवैध मदिरा खोजतलास तथा नष्ट अभियान’ अन्तर्गत प्रहरीले यो अभियान थालेको हो । “अवैध घरेलु मदिरा उत्पादन विगतभन्दा निकै नियन्त्रण आएको छ,” प्रवक्ता चौधरीले भन्नुभयो, “समाजमा शान्तिसुरक्षा र अमनचयन कायम गर्न हामी खोजतलास अभियानलाई अझ सशक्त बनाएर लैजान्छौँ ।”

-अनलाइन नेपालगंज

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु