दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अटो शोमा सार्वजनिक गरिए रनरका ५ बाइक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र ३१ गते, आईतवार १६:१६

काठमाडौं – भृकुटीमण्डपमा जारी नाडा अटो शोमा बंगलादेशी बाइक कम्पनी रनरले आफ्ना ५ नयाँ मोडल सार्वजनिक गरेको छ । कम्पनीले १५० देखि २५० सीसी सम्मका स्पोर्ट्स सिरिज, डर्ट बाइक, स्ट्रिट बाइक र प्युअर स्कुटर रेन्ज उपलब्ध गराएको छ ।
कम्पनीले आकर्षक मूल्य र विभिन्न स्किमका साथ यी बाइक उपलब्ध गराएको बताएको छ ।

फायरब्लेड सिरिज

फायरब्लेडमा १६५ सीसी सीडीआई टीवाईएस इन्जिन छ, जसले १० किलोवाट पावर र ११।५ एनएम टर्क प्रदान गर्छ । यसमा १८ लिटरको इन्धन ट्यांकी छ, जसका कारण पटक पटक इन्धन भर्नु पर्ने झन्झट हुँदैन । यसमा १७० एमएम ग्राउन्ड क्लियरेन्स छ र अफरोड राइडका लागि उपयुक्त हुन्छ । यो विभिन्न ३ कलरमा उपलब्ध छ । यसको मूल्य ३ लाख २५ हजार रुपैयाँ छ ।
तेसैगरि फायरब्लेडमा १२५ सी सी मा पनि ३ उपलब्ध रहेको छ ।

हक २००

नेपालका अफरोडहरुमा कुँदाउनका लागि उपयुक्त हक २०० उपयुक्त भएको र यसले ८ किलोवाट पावर र १४ एनएम टर्क उत्पादन गर्ने कम्पनीले बताएको छ । बाइक चलाउन सहजतका लागि यसमा सीजी ब्यालेन्सर छ । त्यसैगरी सुरक्षाका लागि दुवै पांग्रामा फराकिलो साइजका डिस्क ब्रेक छन् । यसको मूल्य ३ लाख ५९ हजार रुपैयाँ छ ।


डोमिनेटर २५०
यो बाइकमा ब्यालेन्स सिफ्ट सहितको इन्जिन छ, जसले १६।५ किलोवाट पावर र २० एनएम टर्क उत्पादन गर्छ । यसमा भएको एग्रेसिभ स्पोर्टी लुक्स, स्टाइल र एरोडाइनामिक बडी स्ट्रक्चरका कारण यही सेगेमेन्टका बाइक भन्दा यो फरक भएको कम्पनीको भनाइ छ । यसमा भएका मोनो सस्पेन्सन र फराकिलो डिस्क ब्रेकले गतिशीलता र सुरक्षामा थप भूमिका खेल्छन् । डबल साईलेन्सर सहित को आकरशम लुक्स भएको उक्त बाईक को मूल्य ३ लाख ८४ हजार रुपैयाँ छ ।


मोटो ११० स्कुटर
रनरले पहिलो पटक नेपाली बजारका लागि विशुद्ध स्कुटर सेगमेन्ट उपलब्ध गराएको हो । यो स्टाइलिस युनिसेक्स स्कुटरमा ११० सीसीको फोर स्ट्रोक इन्जिन र भेरिएबल स्पिड गियरबक्स छ । यसमा भएको १४ इन्चको रेडियल टायरका कारण स्मुद तथा अफरोड राइडिङ दुवैमा सहजता हुन्छ । यो स्कुटर विभिन्न ७ कलरमा उपलब्ध छ । यसको मूल्य २ लाख ४५ हजार रुपैयाँ छ ।
नेपालमा रमन मोटर्सले रनर बाइक बिक्री–वितरण गरिरहेको छ । कम्पनीले सेल्स, सर्भिस, स्पेयर पार्ट्स र सेफ्टी समेत गरी फोर एस सेवा उपलब्ध गराइरहेको बताएको छ ।


नाडा अटो शोको अवसरमा यी बाइक र स्कुटरमा २० देअी ३० हजार रुपैयाँ छुट समेत उपलब्ध गराएको बताएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु