डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

निर्मला पन्त हत्या प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्री नै दोषी : कर्ण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र ३१, आईतवार १२:४५

काठमाडौं, ३१ भदौ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका बरिष्ठ नेता लक्ष्मणलाल कर्णले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको घट्नामा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नै दोषी रहेको आरोप लगाएका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता कर्णले प्रारम्भिक अनुशन्धानमै प्रहरीले हेलचेक्रयाँई गरेको थाहा हुँदाहुँदैपनि कारबाही नगर्नु प्रधानमन्त्री र गृहमन्त्री दोषी भएको दाबी गरे । उनले भने,‘अहिलेसम्म घट्नाको दोषी पत्ता लगाउन नसक्नु सत्ता सञ्चालकहरुको विफलता हो । अनुशन्धान गर्ने निकाय नै दोषी हो । त्यो निकायले अनुशन्धान किन राम्रोसँग गरेन ?’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै कर्णले गृहमन्त्रीले संसदमा दिएको जवाफ आश्चर्यजनक भएको पनि जिकिर गरे । उनले भने,‘गृहमन्त्रीले संसदमा दिएको जवाफ चित्तबुझ्दो छैन । उहाँले अहिलेसम्म अनुशन्धान अधिकृतलाई लिखित उजुरी परेको छैन भनेर जवाफ दिनुभयो । अनुशन्धान अधिकृतलाई धम्की दिँदा गृहमन्त्रीलाई धम्की दिनेको बारेमा थाहा हुँदैन भने के को गृह प्रशासन ? के को गृह मन्त्री ? के को सरकार ?’


निर्मलाको बलात्कारपछि हत्याजस्तो जघन्य अपराधमा संलग्न वास्तविक दोषीलाई सरकारले चाँडो भन्दा चाँडो सार्वजनिक गरेर कानुनी कारबाही गर्नुपर्ने उनको माग छ । उनले भने,‘न्याय माग्नपनि पीडितले प्रधानमन्त्री र गृहमन्त्रीकहाँ धाउनुपने ? यो कस्तो राज्य हो ?’

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु