दोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेशएलडीबीए बास्केटबल भोलिदेखिसातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

अहिलेसम्म वास्तविक दोषी पत्ता लगाउन नसक्नु दुःखद् : सांसद भट्ट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र ३१, आईतवार १२:४८

काठमाडौं, ३१ भदौ ।सत्तारुढ दल नेकपाका सांसद डा. दिपक प्रकाश भट्टले निर्मला पन्त हत्याको वास्तविक अपराधीलाई सार्वजनिक गरेर कडा कारबाही गर्नुपर्ने बताए । उनले आफूले यस घट्नाबारे प्रधानमन्त्रीलाई गलत ‘बिफ्रिङ’ गरेको भन्ने कुरामा कुनै सत्यता नभएको स्पष्ट पारे ।

भट्टले अघि भने,‘निर्मला पन्तको बलात्कारपछि हत्या भएको घट्नाको बारेमा राज्य गम्भिर बन्नुपर्छ । सरकारले जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नुपर्छ । घट्नाको बारेमा अहिले जे जस्ता कुराहरु आईरहेका छन्, यसबारेमा पनि छानबिन हुनुपर्छ ।’ उक्त क्षेत्रको जनप्रतिनिधिको हैसियतले आफूले निर्मलाको न्यायको लागि निरन्तर आवाज उठाईरहेको पनि उनले स्पष्ट पारे ।

घट्ना भएको यतिका दिन बित्दापनि अहिलेसम्म वास्तविक दोषी पत्ता लगाउन नसक्नु दुःखद् भएको बताउँदै उनले अनुशन्धानमा लापरवाही भएको गुनासो पोखे । उनले भने,‘अनुशन्धानमा प्रहरीको भूमिका गैरजिम्मेवारीपूर्ण देखियो । अहिले नेपाल प्रहरीको मनोबल गिरेको छ ।’ भट्टले अपराधीलाई कुनैपनि हालतमा बचाउन नहुने धारणा राखे ।उनले आफू निर्मलाको आमा–बुवालाई न्यायको निम्ति जस्तोसुकै सहयोग गर्नपनि तयार रहेको विश्वास दिलाए ।

मानवअधिकारकर्मी तुलसी थापाले निर्मला पन्त नाबालिकाको बलात्कारपछि हत्याजस्तो अमानवीय, निर्मम र हृदयविदारक घट्ना हुँदापनि राज्यले दोषी पत्ता लगाई कानुनी कारबाही गर्न गम्भिरता नदेखाएको गुनासो पोखे ।

उनले भने,‘निर्मला हत्या प्रकरण जघन्य अपराध हो । यो घट्नामा आलोचना र निन्दा गरेरमात्रै पुग्दैन् । घट्नाको अनुशन्धान गर्ने जिल्लाको प्रहरी नेतृत्वको अनुशन्धान प्रक्रिया नै लापरवाही देखियो । उनले आफ्नो काुननी दायराभित्र रहेर दोषी पत्ता लगाउने कर्तव्य पूरा गरेनन् ।’
घट्नाको जिम्मा लिनको लागि प्रहरीले विभिन्न निर्दोष व्यक्तिहरुलाई समातेर चरम यातना दिएकोपनि उनले आरोप लगाए । उनले भने,‘म घट्नास्थलमै पुगेर आएको छु । हेमन्ती भट्ट, चक्र बडु र दिलिपंिसह विष्टलाई प्रहरीले यातना दियो । जबरजस्ती घट्नाको दोषी बनाउन खोजेको पाईयो ।’

घट्ना भएको यतिका दिन वितिसक्दापनि वास्तविक अपराधीलाई सार्वजनिक गर्न नसक्नु राज्यको गम्भिर कमिजोरी रहेको उनको आरोप छ । उनले भने,‘जुनसुकै तह, तप्का र संगठनको व्यक्ति भएपनि दोषीलाई कानुनी कारबाही गर्नुपर्छ । राज्यले संरक्षण गर्ने काम गर्नुहुँदैन् ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु