चैत १९,आइतबार :तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफलरास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदै

निर्मला पन्तको बलात्कार सामूहिक बलात्कार हो : मीना भण्डारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र ३१, आईतवार १२:५७

काठमाडौं, ३१ भदौ । अधिकारकर्मी मीना भण्डारीले निर्मला पन्तको बलात्कार सामूहिक बलात्कार हो भनेर स्वयम् निलम्बित एसपी डील्लीराज विष्टले आफूहरुसँग पटक–पटक सार्वजनिक रुपमै बोलेको बताउँदै अहिले आएर एकल बलात्कार भनेर घट्नाको अनुशन्धान गर्नु नै आपत्तिजनक रहेको बताईन् ।

उनले भनिन्,‘घट्नास्थलमा निर्मलाको शब हेर्दा रिसले आगो नहुने कोही पनि थिएनन् । किनकी नानीको अंगभंग भएको थियो । अहिले पनि हामीसँग त्यो दृश्यले गर्दा आक्रोश छ । निर्मलाको ग्यांग रेप भएको छ भनेर स्वयम् एसपीले भनेका थिए । अहिले फेरी सिंगल रेप भनिएको छ । यो कुरा सरकारले भन्यो या प्रहरी कसले भन्यो ?’

अधिकारकर्मी माया मेगीले निर्मला पन्तको हत्या प्रकरणमा प्रहरीले निर्दोष व्यक्तिहरुलाई समातेर यातना दिएकोले उनीहरुको मानव अधिकार हनन भएको आरोप लगाएकी छिन् । उनले भनिन्,‘आज हामी निर्मलाको लागि न्याय माग्न काठमाडौं आएको पनि हप्ता दिन वित्न लाग्यो । तर, सरकारले अहिलेसम्म हामीलाई न्याय दिनेगरि कुनै पहल गरेको छैन् । सरकारले निर्मलाको हत्यामा संलग्न दोषीलाई सार्वजनिक गर्नुपर्छ ।’

सरकारले घट्नाको वास्तविक दोषी सार्वजनिक नगरेर के यो भन्दा ठूलो मानवीय क्षति हेर्न चाहेको हो त भन्दै प्रश्न समेत गरिन् । उनले भनिन्,‘आज निर्मलाको बलात्कारपछि हत्या भएको यतिका दिन वितिसक्यो । तर, अहिलेसम्म न्याय पाईएन् । यो धर्तीमा नारी जन्मिनु नै अपराध हो र ?’

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु