सन्तोष बजगाई, काठमाण्डौं–बुवा कृष्ण केसी र आमा गोमादेवीको कोखबाट भारतको वीरकुची गुवाहाटी आसाममा जन्मिएकी पूर्खेउली घर सिन्धुपाल्चोक भएकी नेपाली मुलकी असामी गायिका हुन शुरेखा क्षेत्री । उन्ले आसामी, नेपाली, राजेस्थानी, भोजपुरी लगायत आसामभित्रका धेरैवटा भाषाहरुमा आफ्नो स्वरमा गीत गाएकी छन् ।
गायिका शुरेखा क्षेत्रीले सन २०१८ मा बेष्ट फीमेल सिङ्गर अवार्ड समेत जिथेकी छन् । २०१६ मा बेष्ट फीमेल ड्व्यु सिङ्गरको अवार्ड नेपाली जादियो असोमीया बोलको गीतबाट हात पारेकी छन् । उन्ले लखनउ भातखण्डे संगीत विद्या पिठबाट संगीत विषयमा स्नातक समेत गरीसकेकी छन् ।
उन्को बुवापनि लोक गीत क्षेत्रमा रेडियो कलाकार हुनुहुन्छ । बुवाबाटै संगीतमा लाग्ने प्रेरणा पाएकी उन्ले हालै मात्र नेपाली चलचित्रको गीतमा समेत आफ्नो आवाज भरेकी छन् । नेपाली आसामी हिन्दी गीतहरुमा उन्को कभर गीत समेत सार्वजानीक भएका छन् ।
शिवराम तुमुङ र दिगन्द भारती जस्ता आसामका चर्चित संगीतकारहरुबाट शिक्षा पाएकी उन्को स्वर जादुमय रहेको छ ।
नेपाली मुलकी असामी गायिका शुरेखा क्षेत्रीको सांगीतीक जीवनले अझ सफलता चुमोस् शुभकामना ।
उन्ले गायका गीतपनि हेर्नुहोस् :