एनआरएनए अध्यक्ष आरके शर्मा र महासचिव बुद्दी सुवेदीद्वारा परराष्ट्रमन्त्रीलाई ५ बुँदे ज्ञापनपत्ररेडियन्ट सेमिफाइनलमाएन्जल्स हार्ट बास्केटबलको फाइनलमासानलाई अझ मजबुत बनाउन आवश्यक– सदस्य–सचिवनेप्सेम्याक सन्देश सार्वजानिकीकरण तथा कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न"रोटरी क्लब अफ कपनको डिजी भिजिट कार्यक्रम सम्पन्न"आज मंसिर २१ गते बिहीबार हेर्नुस् राशिफलनेत्रहिन क्रिकेट प्रतियोगिताको उपाधि वाग्मति काठमाडौलाईअपाङ्गता भएका महिलाहरू विरुद्धको हिंसा, नीतिगत सवाल र न्यायमा पहुँच विषयमा कार्यशाला गोष्ठीको आयोजनाब्लड क्यान्सबाट पीडित बालकको उपचारमा सहयोगको अपिल

सेभ द हर्टको पाँचौ वार्षिकोत्सव सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र ३१ गते, आईतवार १५:०८

काठमाण्डौ, ३१ भदौ । मुटुरोगको रोकथाम र जनचेतना विस्तार गर्ने उद्देश्यले सुरु गरिएको संस्था सेभ द हर्टले आफ्नो स्थापनाको पाँचौ वार्षिकोत्सव मनाएको छ । शनिवार राजधानीमा आयोजित वार्षिकोत्सव कार्यक्रमको राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले उदघाटन गरे । सन् २०१३ मा मुटुरोग विशेषज्ञ डा। अनिल भट्टराईको नेतृत्वमा स्थापना भएको संस्थाले त्यसयता विभिन्न जिल्लामा दर्जनौं स्वास्थ्य शिविरको आयोजना गर्नुका साथै भूकम्प प्रभावितहरुको उपचारमा पनि काम गरेको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष डा। भट्टराईले हालसम्मका क्रियाकलापका बारेमा जानकारी दिए । उनका अनुसार संस्थाले हालसम्म ३९ वटा स्वास्थ्य शिविरको आयोजना गरेको छ । जसबाट जम्मा ४५ हजारको चारसयको स्वास्थ्य परीक्षण गरिएकोमा १०७ जनाको शल्यक्रिया गरिएको छ । त्यसमध्ये ४६ जना विपन्न नागरिकको उपचारमा लागेको सम्पूर्ण खर्च संस्थाले बेहोरेको छ भने ६१ जनालाई आंशिक सहयोगसहित उपचार गरिएको उनले जानकारी दिए । संस्थाले स्थापनायता मनमोहन कार्डियोथोरासिक सेन्टर लगायत विभिन्न स्वास्थ्य संस्थालाई सामाग्री तथा उपकरण सहयोग गरेको जनाएको छ । संस्थाले नेपालमा उपचार सम्भव नभएका बिरामी कमल रेग्मीलाई इटालीमा लगेर उपचार गराएको पनि जनाएको छ । इटाली पढेर फर्किएका डा। भट्टराईले मुख्यतः संस्थालाई इटालीकै संस्थाहरुले सहयोग गरेको जानकारी दिए । जसअनुसार संस्थाले नेपालका दुईजना मुटुरोग विशेषज्ञलाई इटालीमा पठाएर तालिम पनि दिलाएको छ ।

संस्थाको वार्षिकोत्सव समारोहमा सहभागी भएकाहरुले संस्थाको क्रियाकलापलाई लिएर प्रशंसा गरे । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले खानपान, वातावरण र रहनसहनले गर्दा मुटुरोगको जोखिम उच्च भएकाले रोकथामात्मक कार्यक्रममा जोड दिन संस्थालाई सुझाव दिए । त्यस्तै, त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालका प्राध्यापक एवं मुटुरोग विशेषज्ञ अरुण सायमी, मनमोहन कार्डियोथोरासिक एण्ड भाष्कुलर ट्रान्सप्लान्ट सेन्टरका निर्देशक डा। उत्तमकृष्ण श्रेष्ठ, त्रिविकी रेक्टर सु्धा त्रिपाठी लगायतले सेभ द हार्टले मुटुरोगको जनचेतना अभिवृद्धिमा उल्लेख्य भूमिका खेलेको टिप्पणी गरे । सो अवसरमा संस्थाले विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गर्यो । संस्थाले मुटु जोगाउ अभियानमा योगदान दिएको भन्दै रिपोटर्स नेपाल डटकमका सम्पादक रुद्र कार्कीलाई पनि सम्मान गरेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु