काठमाण्डौ । समोसा नेपालको सबैभन्दा मनपर्ने परिकारमध्येको एक हो । देशको सानादेखी ठुला शहर र होटलहरुमा समोसा सजिलै पाईन्छ । धेरैजसो मानिसहरुलाई समोसा मनपर्छ तर एकदमै कम मानिसहरुलाई मात्र थाहा छ की समासोको उत्पत्ती कहाँबाट भयो । धेरैजसो मानिसहरुलाई समोसा नेपालमा बनेको भन्ने लाग्छ तर कुरा त्यस्तो होईन । हामी यहाँ तपाईहरुलाई समोसासँग जोडिएको खास कुराहरुको बारेमा बताउँदैछौँ ।
नेपालमा समोसा प्रचलनमा आउनुभन्दा पहिला छिमेकी देशहरुमा यो परिकारको चलन आईसकेको थियो । सबैभन्दा पहिला समोसा बनाउने काम ईरानमा भएको थियो । समोसाको आकार त्रिकोण किन हुन्छ भनेर अहिलेसम्म कुनैपनि तथ्य फेला परेको छैन ।
फारसी भाषाको ‘संबोसाग’ शब्दबाट समोसा शब्द बनेको हो । ईतिहासकारको अनुसार मोहम्मद गजनवीको शाही दरबारमा एक नुनिलो परिकार पस्कने गरिन्थ्यो । यो परिकारमा मासुको किमा र सुखा मेवा भरेर बनाउने गरिन्थ्यो । नेपालमा कहिले समोसाको प्रचलन आयो यसबारेमा यकिन तथ्याङ्ग नभएता पनि भारतमा भने २ हजार बर्ष पहिला आएको थियो ।
भारतमा समोसा पुगेपछि कयौँ प्रकारको परिवर्तन गरियो । त्यसपछि समोसामा कयौँ किसिमका स्वादिष्ट मसलालाई आलुसँग मिसाएर राखिन्छ । सोह्रौँ सताब्दीमा जब पोर्चुगिज नागरिक भारत आए त्यो समयमा उनीहरुले आलु लिएर आएका थिए । त्यहि समयपछि समोसामा आलु मिसाउन थालिएको हो ।