भारतको उर्जा सप्ताहमा भाग लिन मन्त्री खड्का नयाँदिल्ली प्रस्थानसिन्धु फुड प्रोडक्स प्रालि द्वारा भब्य बनभोज कार्यक्रम सम्पन्नसंयोग र इभानालाई स्वर्णशीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शनरोयल इनफिल्ड महा राइड ः जनकपुरदेखि सिन्धुलीसम्मको रोमाञ्चक यात्रा ।युवा व्यवसायी ज्ञानेन्द्र गौतमको सामाजिक यात्रामा निरन्तरता कायमैआज माघ २८ गते सोमबार : यस्तो छ तपाईको राशिफलसाल्ट ट्रेडिङकी सीईओ उर्मिला श्रेष्ठ ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानितलोमश वाङ्मय प्रतिष्ठानको आयोजनामा “समानान्तर पृथ्वी”सार्वजनिकरण तथा मुक्तक बिशेष रचना वाचन कार्यक्रम सम्पन्नबगाले थापा क्षेत्रीहरूको कुलपूजा यसवर्ष झन् विशेष बनाउन सबै पक्षबाट तयारी

पेट्रोलियम पदार्थमा फेरि मूल्य बढ्यो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन २ गते, मंगलवार ०९:०३

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमबार रातीदेखि लागु हुने गरि पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य लिटरमा २ रुपैयाँ र ३ रुपैयाँ बढाएको हो । यो मूल्य बढेपछि पेट्रोल १ सय १४ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य १ सय १ रुपैयाँ पुगेको छ । इण्डियन आयल कर्पोरेशन(आइओसी)ले पठाएको नयाँ मूल्य अनुसार निगमको घाटा १ अर्ब ३ करोड रुपैयाँ पुगेपछि निगमले मूल्य बढाएको हो । आइओसीले पठाएको नयाँ मूल्य अनुसार निगमलाई पेट्रोलमा ४ रुपैयाँ ४४ पैसा र डिजलमा ५ रुपैयाँ १२ पैसा नोक्सानी थियो ।
निगमका अनुसार मूल्य बढाएपछि पनि निगमको नोक्सानी ५० करोड रुपैयाँको हाराहारीमा छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य र डलरको भाउ बढेकोले मूल्य आकासिएको हो । निगमका अनुसार अहिले भने भारतमा भन्दा नेपालमा डिजल र पेट्रोलको मूल्य लिटरमै ३१ रुपैयाँ सस्तो छ । नेपालमा सस्तो भएकाले नेपालबाट भारततर्फ तेलको अवैध रुपमा निकासी भइरहेको छ । भारतबाट किनेर ल्याएको तेल पेट्रोल पम्पमार्फतनै भारत बिक्री भइरहेको थियो ।

श्राेतः जनसवाल दैनिक

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु