आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

दुई देशका सशस्त्र बलद्वारा सीमास्तम्भ निरीक्षण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन २ गते, मंगलवार ११:०३

पशुपतिनगरः इलामको नेपाल–भारत सीमा क्षेत्रका सीमास्तम्भ र सीमा सुरक्षा अवस्थाको बारेमा अध्ययनको काम सम्पन्न भएको छ । सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वाटर नम्बर १ इलामले नेपाल–भारत सीमा छुट्टयाउने सीमास्तम्भको अध्ययन सकेको हो । इलामको सन्दकपुर गाउँपालिका–४ स्थित सन्दकपुरदेखि रोङ गाउँपालिका–६ स्थित जर्मलेसम्म भारतसँग सीमा जोडिएको छ ।

सशस्त्र प्रहरीका निरीक्षक हरि रिमालको नेतृत्वमा खटिएको ३१ प्रहरी टोलीले पहिलो चरणमा सूर्योदय नगरपालिका–१ स्थित मानेभञ्ज्याङदेखि रोङ गाउँपालिका– ६ स्थित जिर्मलेसम्मको सीमा क्षेत्रको निरीक्षण र अध्ययन सम्पन्न गरको हो । इलामको सदरमुकामबाट भदौ २७ गतेबाट खटिएको सशस्त्र प्रहरीको टोलीले सीमा क्षेत्रको सुरक्षा र सीमा स्तम्भको वस्तुस्थितको अध्ययन गरेर आज इलाम सदरमुकाम फर्किएको सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वाटर नम्बर १ इलामका प्रहरी उपरीक्षक (एसपी) विदुर खड्काले बताए । सीमास्तम्भको अध्ययनमा खटिएका सशस्त्र प्रहरी निरीक्षक हरि रिमालका अनुसार नेपाल भारत सीमा क्षेत्रका धेरैजसो सीमा स्तम्भ वरिपरि बाक्लो झाडी फैलिएका कारण भत्किँदै गएको र बाक्लो लेउले ढाकेका छन् ।

श्राेतः जनसवाल दैनिक

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु