तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेश

सरकारको क्रियाकलापले जनता दिनप्रतिदिन निराश बने : लेखक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन २, मंगलवार ११:५६

काठमाडौं, २ असोज ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रमेश लेखकले वर्तमान सरकारका क्रियाकलापहरुबाट जनता निराश बनेको दाबी गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता लेखकले वर्तमान सरकार शान्ति, सुरक्षा र अमनचयन कायम गर्न असफल भएको भन्दै सरकारका क्रियाकलापबाट जनता दिनप्रतिदिन निराश बन्दै गएको आरोप लगाए ।

उनले भने,‘संविधानले जनतालाई धेरै अधिकार दिएको छ, सरकारले यो पनि गर्छु, त्यो पनि गर्छु भन्ने र केही नगर्ने हो भने संविधानप्रति जनताको विश्वास घट्ने अवस्था सिर्जना हुन्छ । त्यसैले सरकार ज्यादात्तर सचेत हुन आवश्यक छ । श्रृङ्खलाबद्ध रुपमा बलात्कारका घट्नाहरु घटिरहेका छन्, यस्तो अवस्थामा सरकारले तदारुकता देखाउनुपर्ने हो । तर, सरकारले त्यसो गर्न सकेको छैन् ।’

नेता लेखकले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको करिब दुई महिना वितिसक्दा पनि सरकारले खास दोषीलाई पक्राउ गर्न नसकेको भन्दै उक्त घट्नाका बारेमा सरकारलाई गम्भिर हुन आग्रह गरे ।

उनले भने,‘सरकारले खास अपराधीलाई पत्ता लगाउन सक्दैन, निर्दोषलाई चरम यातना दिएर आधिकारिक दोषीलाई उन्मुक्ति दिन खोज्दैछ, जनताको जिउधनको सुरक्षा गर्ने जिम्मा सरकारको हो, अपराधीलाई जोगाउने होईन, संविधानको कार्यान्वयन र सरकारले गरिरहेका कामको बारेमा के कति बाधा परेको छ र जनता कत्तिको सन्तुष्ट छन भन्ने कुरासमेत प्रष्ट पारेको छ ।’

संविधानले राजनीतिक, समाजिक, साँस्कृतिक रुपमा परिवर्तनकारी भूमिका खेल्न सफल भएको नेता लेखकको भनाई छ । उनले भने,‘तराई–मधेशका राजनीतिक दलहरुले संविधानमा केही फरक मत राखेका छन्, संविधान आवश्यकता र मुलुकको हितमा परिवर्तन गर्न सकिने भएका कारण बिरोधलाई उग्र बनाउनुहुँदैन ।’

लोकतन्त्र, गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको सन्दर्भमा मुलुकले नौलो अभ्यास गरिरहेको बताउँदै उनले सम्पूर्ण जातजाति, धर्म समुदाय र उत्पीडित जाती, क्षेत्र, लिङ्गको बारेमापनि संविधानले अधिकारहरुको व्यवस्था गरेको सुनाए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु